धान रोप्न चितवन आए प्रधानमन्त्री प्रचण्ड

भरतपुर, १४ असार ।
शनिबार (असार १५) को धान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवन आएका छन् । शुक्रबार साँझ नै प्रधानमन्त्री प्रचण्ड चितवन आइपुगेका हुन् ।

सो अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले हतारमा पार्टी र वामपन्थी एकता गर्ने पक्षमा नरहेको बताएका छन् । अध्‍यक्ष प्रचण्डले हतारमा पार्टी एकता गरेर दुर्घटना निम्त्याउन नचाहेको भन्‍दै सतर्क भएर मात्रै कामकुरा व्‍यवहारमा देखिने बताए । पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘हामीले अहिले हतारमा पार्टी र वाम एकता गरेर दुर्घटना निम्त्याउन चाहन्नौं । किनकी विगतका एकताको नाममा पुरानै दुर्घटना निम्त्याउन चाहन्नौं । त्यसकारण हतारमा यो काम हुँदैन र हामी सतर्क छौं, सतर्कताका साथ अगाडि बढेका छौं । यदि भएमा तपाईँहरूले काम देखिने गरी व्‍यवहारमा देख्नु हुनेछ ।’

अहिले राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई जोड दिँदै उनले काम गर्दै जाँदा परिणामले नै देख्‍ने गरी वाम एकता हुनसक्‍ने भन्‍दै तत्काल पुरानै दुर्घटनातर्फ जान नचाहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले गतवर्ष मलको अभाव नभएको बताउँदै यस वर्ष पनि नहुने बताए । पत्रकारले सोधेको प्रश्नको जवाफमा प्रचण्डले भने – ‘पोहोर साल मलको अभाव कहीँ पनि भएको होइन् । भएकोलाई त भएको भन्दिनुपर्‍यो नि, अहिले पनि मलको राम्रो तयारीमा छौँ, मलको अभाव हुन दिइँदैन ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट