खैरहनीमा डेजी स्कुलका आर्यन र सुगमले ल्याए ४ जिपिए

खैरहनी, १४ असार ।
खैरहनी नगरपालिका-८ पर्सास्थित डेजी स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन् । डेजी स्कुलका आर्यन अधिकारी र सुगम गाैतमले ४ जिपिए ल्याएका हुन् ।

विद्यार्थीको ४ जिपिएसँगै अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा हासिल गरेको स्कुलका प्रिन्सिपल प्रेम रिमालले बताए । उनका अनुसार स्कुलका १७ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि अंक ल्याएका छन् । यसवर्ष डेजी स्कुलका ११४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । प्रिन्सिपल रिमालले ४ जिपिए ल्याउन सफल आर्यन र सुगम मिहिनेती विद्यार्थी रहेको र उनीहरु दुवै जनामा उमेर अनुसार चञ्चले स्वभाव नरहेको बताए ।

खैरहनी नगरपालिकाबाट ६ वटा सामुदायिक विद्यालय र ११ वटा संस्थागत विद्यालय एसईई परीक्षामा सहभागी थिए ।
सामुदायिक विद्यालयहरुबाट ९८ जना एसईई परीक्षामा सहभागी विद्यार्थी रहेको खैरहनी माविबाट ३ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि अङ्क ल्याउने एक मात्रै सामुदायिक विद्यालय रहेको छ ।

सामुदायिक विद्यालय तर्फ मावि गवै खैरहनीकै सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालय बन्न सफल भएको छ ।

संस्थागत विद्यालयतर्फ ग्लोसाइन एकेडेमीबाट ७३ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अङ्क ल्याएका ५ जना, त्यस्तै सैनिक आवासीय महाविद्यालयबाट ११७ जना सहभागी विद्यार्थीमध्ये ३.६ जिपिए भन्दा माथि अङ्क ल्याएका ३६ जना, नेपाल आदर्श शिक्षा सदनबाट ७६ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अङ्क ल्याएका ७ जना, इन्टरनेशनल इङ्लिस मोडल स्कुलबाट ३५ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अङ्क ल्याएका ४ जना, मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलबाट ३० जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अङ्क ल्याएका १० जना, मोर्डन इङ्लिस् बोर्डिङ स्कुलबाट ४२ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अङ्क ल्याएका ४ जना, ओसियन एकेडेमीबाट २० जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अङ्क ल्याएका २ जना,
मदरल्याड इङ्लिस बोर्डिङ स्कुलबाट २९ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अङ्क ल्याएका २ जना, लिटिल हेभन इङ्लिस बोर्डिङ स्कुल र ज्ञानसुधा इङ्लिस् स्कुलबाट ३.६ जिपिए भन्दा माथि अंक ल्याएका कुनै विद्यार्थी छैनन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट