गैंडाकोट नगरसभामा शिक्षा, स्वास्थ्य र कृषिलाई नगर विकासको मेरुदण्डको रूपमा प्रस्तुत

गैंडाकोट, ५ असार ।
गैंडाकोट नगरपालिकाद्वारा आयोजित नगरसभाको १५औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि विभिन्न नीति तथा कार्यक्रमहरू प्रस्तुत गरिएको छ । नगर प्रमुख मदनभक्त अधिकारीले नगरपालिकाको सभाहलमा बुधवार नगरको ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा सुशासन तथा संस्थागत विकास सम्बन्धी नीति, सामाजिक विकास सम्बन्धी नीति, पूर्वाधार तथा भौतिक विकाश सम्बन्धी नीति, आर्थिक विकास सम्बन्धी नीति र वन वातावरण तथा विपत व्यवस्थापन सम्बन्धी नीतिहरू गरी पाँचवटा शीर्षकहरुमा अन्य दर्जनौँ उपशीर्षकहरू समावेश छन् ।

‘हामी सबैको साझा अठोट-शान्त समुन्नत सुन्दर गैंडाकोट’ भन्ने मूल नाराका साथमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा केही महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकता दिइएको छ ।

जसमा शिक्षा स्वास्थ्य र कृषिलाई नगर विकासको पहिलो मेरुदण्डको रूपमा प्रस्तुत गरिएको छ । यसैगरी सुशासन र संस्थागत विकासमा जोड दिइएको छ भने बहुवर्षीय र क्रमागत योजनाहरू, नगरका गौरवका योजनाहरु र अन्य आवश्यक पूर्वाधार निर्माणमा पनि जोड दिइएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सहकारी पर्यटन र उद्योग व्यपारको विकास र करमैत्री राजस्व प्रशासनलाई जोड दिने बताइएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा वातावरण संरक्षण पर्यावरणीय प्रबर्द्धनमा जोड दिइनेछ भने जनजीविकासँग जोडिने कार्यक्रमहरुलाई पनि प्राथमिकता दिइने प्रतिबद्धता जनाइएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रमले स्थानीय उत्पादनहरूलाई प्रोत्साहन गर्ने नीति लिएको छ । जसमा कृषि विकास सम्बन्धी नीति अन्तर्गत गैंडाकोट नगरपालिकाका स्थानीय तहभित्र उत्पादन भएका अदुवा र बेसारलाई प्रोत्साहनका साथै लेबलिङ र प्याकेजिङमा जोड दिने बताइएको छ ।

यस्तै उद्योगतर्फ स्थानीय स्तरमा उत्पादित घरेलु मदिरालाई गुणस्तरीय बनाई लेबलिङ गरी व्यवसायीकरण गर्ने नीति अवलम्बन गर्ने जनाइएको छ ।

नगर सभामा वडा नम्बर ५ का अध्यक्ष रत्नप्रसाद सापकोटाले गैंडाकोट नगरपालिकाको संस्था दर्ता विधयेक २०८१ प्रस्तुत गरेका थिए ।

१५ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमका बारेमा वडा सदस्यहरु गुरुप्रसाद पौडेल, चन्द्रबहादुर विक, पशुपति देवकोटा, तेजबहादुर बोहरा, दिनेश देवकोटा, चन्द्रमाया सिंजाली, सीता सापकोटा र सीता श्रेष्ठले सुझावसहित टिप्पणी राखेका थिए ।

कसले के बोले ?

बुधबार गैँडाकोट नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ८ जना वडा सदस्यले आफ्ना सुझाब र माग राखेका छन् ।

वडा सदस्यले विद्यालय, सुकुम्बासी समस्या, भौतिक पूर्वाधार, मिडिया क्षेत्रको प्रबर्द्धन, रोजगारीलगायतका बिषय उठान गरेका थिए । वडा सदस्यले उठाएको प्रश्नको जवाफ गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले दिएका थिए ।

गैँडाकोट ६ का वडा सदस्य चन्द्रबहादुर विकले गैँडाकोट ८ मा रहेको कालिका नमुना माविमा भएको प्रधानाध्यापक हेरफेरको विषय, गैँडाले कृषि क्षेत्रमा पारेको असर कम गर्ने, स्थानीय मिडियालाई प्रबर्द्धन गर्ने, बेरोजगार युवाका लागि रोजगारीका व्यवस्था, सुकुम्बासी समस्या समाधान सवालका खासै कार्यक्रम नभएको गुनासो गरे ।

विकको प्रश्नको जवाफ दिँदै प्रमुख प्रसासकीय अधिकृत झविन्द्र खनालले कालिको नमुना माविको विषयमा जाँचबुझ गर्ने बताए । त्यस्तै सुकुम्बासी समस्या समाधान गर्न कानुनी जटिलताले अप्ठ्यारो पारेको बताउँदै यसका लागि अन्य तयारी पूरा भएको बताए । गैँडा नियन्त्रण, लागू औषध नियन्त्रको क्षेत्रमा पनि पालिकाले काम गर्ने उनको भनाई छ ।

गैँडाकोट- ११ का वडा सदस्य गुरुप्रसाद पौडेलले गैँडाकोट नगर अस्पतालको बिग्रिएको एक्सरे मेसिन नबन्दा समस्या भएको, चिकित्सकको अभाव रहेको बिषयमा ध्यानाकर्षण गराए । त्यस्तै पितौँजी गुरुकुलको प्रबर्द्धनको लागि पनि उहाँको माग थियो ।

पौडेलको प्रश्नको जवाफमा प्रमुख प्रसासकीय अधिकृत खनालले एक्सरे मेसिन खरिद प्रक्रिया अगाडी बढेको, चिकित्सकको व्यवस्थापनका लागि पनि काम भइरहेको बताए ।

त्यस्तै गैँडाकोट १४ का वडा सदस्य पशुपति देवकोटाले भागर नगरटाँडी बाटो पिचको लागि पटकपटक माग गर्दा पनि पालिकाको ध्यान नगएको भन्दै यसमा जोड दिन अनुरोध गरे । गैँडाकोट १४ विकट क्षेत्र भएकाले पनि सोही अनुसार प्राथमिकतामा राख्न अनुरोध गरे ।

जवाफमा प्रसासकीय अधिकृत झविन्द्र खनालले नगरपालिकाले गैँडाकोट ३, १४ र १८ लाई प्राथमिकतामा राखेको बताए । गैँडाकोट १७ का वडा सदस्य तेजबहादुर बोहोराले स्वास्थ्य क्षेत्रमा बढी जोड दिन आग्रह गरे । जवाफमा खनालले स्थानीय सरकार भनेको नागरिकलाई बुझ्ने, सुन्ने सरकार भएकाले पनि नागरिकको स्वास्थ्य प्रति पालिका संवेदनशील रहेको बताए ।

त्यस्तै गैँडाकोट १६ का वडा सदस्य दिनेश देवकोटाले सार्वजनिक जग्गालाई नगरको स्वामित्वमा ल्याउने, बजार अनुगमन, विद्यालय क्षेत्र वरीपरी हुने सूर्तीजन्य वस्तुको बिक्री वितरणको विषय उठान गरे ।

देवकोटाको प्रश्नको जवाफमा अधिकृतले सार्वजनिक जग्गा संरक्षण गर्ने नीति लिएको, आगामी दिनमा महिनामा एकपटक बजार अनुगमन गरिने बताए । जनप्रतिनिधिका लागि तालिमको व्यवस्था पनि आगामी दिनमा गर्ने उनको भनाई छ ।

गैँडाकोट – १४ का वडा सदस्य चन्द्रमाया सिङ्जालीले सडकको क्षेत्रमा बजेट विनियोजन गर्दा अनुगमन गरेर आवश्यक स्थानमा एकमुष्ठ बजेट राख्न आग्रह गरिन् । उनको प्रश्नको जवाफ दिँदै गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बजेट सिमित भएका कारण वितरणमा समस्या भएको बताए ।

गैँडाकोट १ का वडा सदस्य सीता सापकोटाले गैँडाकोट-२ को भृकुटीचोक हुँदै शिलान्यास चोकदेखि बृटिस क्याम गैँडाकोट १ सम्मको बाटो मापदण्ड ५० मिटर हुँदा नागरिक मर्कामा पुगेकाले सो मापदण्ड संसोधन गर्न आग्रह गरिन् । वडा सदस्यको आग्रहमा अधिकृत खनालले यसका लागि काम भइरहेको बताए ।

गैँडाकोट २ का वडा सदस्य सीता श्रेष्ठले महेन्द्र स्मारक विद्यालयको शैक्षिक क्षेत्रको विकास, भृकुटी कागज कारखानामा रहेको सार्वजनिक बाटोको विषयमा पनि अध्ययन गर्न माग गरिन् । त्यस्तै जनजातीको क्षेत्रमा पनि प्रभावकारी नीति ल्याउन उनको सुझाव थियो । भल निकासको विषयमा पनि सचेत हुनुपर्ने उनको भनाई छ ।

जवाफमा प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले भृकुटीको विषयमा अध्ययन गर्ने, भल निकासका लागि सम्बन्धित निकायहरु सँग छलफल भइरहेको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट