विद्यालयस्तरीय खुला मुक्तक प्रतियोगिता हुने

मकवानपुर, ४ असार ।

मुक्तक मञ्च मकवानपुरले विद्यालयस्तरीय खुला मुक्तक प्रतियोगिता गर्ने भएको छ । मञ्चको आयोजना र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को प्रवद्र्धनमा असार १४ गते शुक्रबार विद्यालय स्तरीय मुक्तक प्रतियोगिता आयोजना गरिने मञ्चले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

प्रतियोगितामा मकवानपुर जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयमा ८ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने मञ्चका सचिव सुबास सजलले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन यसअघि विद्युतीय वा छापा माध्यमबाट सार्वजनिक नगरिएको २ वटा मुक्तक असार १० गतेभित्र पठाउनु पर्ने उनले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । सान्त्वना पुरस्कार २ जनालाई जनही ५ सय रुपैयाँ प्रदान गरिने उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट