ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

सौराहा, ४ असार । ग्लोबल आइएमई बैंक लिमिटेडका सेवाग्राहीहरुले सौराहास्थित होटल आइकावा इन प्रालिमा सेवा लिए वापत छुट सुविधा पाउने भएका छन् । बैंक र होटल आइकावा इन प्रालिका प्रतिनिधिले बैंकका सेवाग्राहीले होटलमा सेवा लिएमा छुट दिने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त समझदारी पत्र अनुसार ग्लोबल आइएमई बैंकका सेवाग्राहीले सो होटेलबाट सेवा लिए […]

चितवन र नवलपुरका शिक्षक–विद्यार्थीलाई ‘स्क्र्याबल’ अभिमुखीकरण

भरतपुर, ४ असार । चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा सोमबार ‘स्क्र्याबल’ अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा चितवन र नवलपुरका संस्थागत तथा सामुदायिक विद्यालयका ९८ जना शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । ‘स्क्र्याबल’ भनेको बालबालिकालाई स्बोर्डमा ‘पजल’ मार्फत अक्षरहरुको संयोजन गरेर अङ््ग्रेजी शब्द निर्माण गर्न सिकाइने पद्धति हो । कार्यक्रममा ‘स्क्र्याबल’ क्लब नेपालका प्राविधिक […]

दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन रामपुरमा सुरु

चितवन, ४ असार “ईन्टरनेशल कन्फ्रेन्स अन ईकोलोजिकल ईम्प्याक्ट अन एग्रिकल्चर, बिजनेश एण्ड टेक्नोलोजी” विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन मंगलदेखि रामपुरमा सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालय आयोजना गरेको सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञ सहभागी भएका छन् । कार्यक्रम उद्घाटनका अवसरमा सहभागी स्वदेशी तथा विदेशी विज्ञहरुले मौसम परिवर्तनको अनुकूल हुने गरी […]

विद्यालयस्तरीय खुला मुक्तक प्रतियोगिता हुने

मकवानपुर, ४ असार । मुक्तक मञ्च मकवानपुरले विद्यालयस्तरीय खुला मुक्तक प्रतियोगिता गर्ने भएको छ । मञ्चको आयोजना र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को प्रवद्र्धनमा असार १४ गते शुक्रबार विद्यालय स्तरीय मुक्तक प्रतियोगिता आयोजना गरिने मञ्चले प्रकाशन गरेको सूचनामा उल्लेख छ । प्रतियोगितामा मकवानपुर जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयमा ८ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीले […]

बोटे समाज चितवनमा प्रदीपको नेतृत्व

भरतपुर, ४ असार । नेपाल बोटे समाज चितवनको अध्यक्षमा प्रदीप बोटे चयन भएका छन् । भरतपुरको पटिहानीमा सम्पन्न समाजको चौथो अधिवेशनले प्रदीपको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट समाजको उपाध्यक्षमा विश्व बोटे र शोभा बोटे तथा सचिवमा सन्तोष बोटे चयन भएका छन् । कोषाध्यक्षमा दिलिप बोटे निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा अस्मिता […]