भरतपुर, ४ असार ।
नेपाल बोटे समाज चितवनको अध्यक्षमा प्रदीप बोटे चयन भएका छन् । भरतपुरको पटिहानीमा सम्पन्न समाजको चौथो अधिवेशनले प्रदीपको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट समाजको उपाध्यक्षमा विश्व बोटे र शोभा बोटे तथा सचिवमा सन्तोष बोटे चयन भएका छन् । कोषाध्यक्षमा दिलिप बोटे निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा अस्मिता बोटे, एंंजिला बोटे, भोजबहादुर बोटे, बलिराम बोटे, बिफली बोटे र दुर्गा बोटे रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल बोटे समाजका केन्द्रीय अध्यक्ष राजकुमार बोटेले चितवनको बोटे समुदाय बोटे जातिको इपिसेन्टर रहेको बताए । तर राज्यले बोटे समुदायलाई दमन गरिरहको भन्दै उनले चनाखो भएर कदम चाल्नु पर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद चितवनका अध्यक्ष महेन्द्र दुरा, बोटे समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष साउने बोटे विशिष्ट अतिथि थिए । कार्यक्रम इन्दिरा बोटेको अध्यक्षतामा सम्पन्न भएको हो ।





