मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु

मकवानपुर, ३ असार ।

राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका वडा नम्बर–२ थुम्की बस्ने ४५ वर्षीय बिरबहादुर प्रजाको सोमबार बिहान चट्याङ लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा सुतिरहेको अबस्थामा अचानक चट्याङ लागि घाईते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको थियो । उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जनाकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट