भरतपुर, ३ असार ।
जारी आइसीसी टिट्वेन्टी क्रिकेट विश्वकपमा बंगलादेश विरुद्ध नेपालले १०७ रनको लक्ष्य पाएको छ । बंगलादेशले १९.३ ओभरमा अल आउट हुँदै १०६ रन मात्र बनाएको हो । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
बंगलादेशका शकिब अल हसनले १७ रन बनाएको पारीमा महमुदुल्लाह र रिसद हुसैनले १३ १३ रन जोडे ।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २२ विकेट लिए । नेपालले थप एक विकेट रन आउटका रूपमा पाएको थियो ।
बंगलादेश विरुद्ध दोस्रो विकेट लिँदै लामिछानेले टिट्वेन्टी अन्तर्राष्ट्रिय करियरमा १०० विकेट पूरा गरेका छन् । उनले आफ्नो ५४औँ खेलमा सो कोशेढुंगा पूरा गरेका हुन् ।




