लकाश पौडेलको अध्यक्षतामा छन्द काव्य प्रतिष्ठान नेपाल गठन

भरतपुर, १ असार ।
छन्दोबद्ध कविता अभियानको विशेष भेलाले लकाश पौडेलको अध्यक्षतामा छन्द काव्य प्रतिष्ठान नेपाल नामक संस्था गठन गरेको छ ।

११ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष राजेन्द्र घायल, सचिव विदुर अधिकारी, कोषाध्यक्ष होमनाथ घिमिरे र सहसचिव उषा तिवारी रहेका छन् । भेलाले ‘शिखरिणी’ छन्द पत्रिका नियमितरूपमा प्रकाशन गर्न गोविन्दराज विनोदीको संयोजनमा प्राडा होमनाथ सापकोटा, केशवराज आमोदी, प्रकाश चापागाई र यमुना न्यौपाने रहेको प्रकाशन एवं सम्पादन समिति पनि बनाएको छ ।

भेलाले १५ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सप्तगण्डकी क्याम्पसमा शनिबार सम्पन्न भेलाको अध्यक्षता लकाश पौडेलले गरेका थिए । भेलामा प्रमुख अतिथि वरिष्ठ छन्दकवि गोविन्दराज विनोदी, विशिष्ट अतिथि इन्द्र रेग्मी र प्राज्ञ रामहरि श्रेष्ठ तथा सञ्चालक राजेन्द्र घायल रहेका थिए ।

शिवराज लामिछानेद्वारा स्वागत गरिएको यस भेलामा करिव २५ जना कविहरूले कविता र गजल वाचन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट