लकाश पौडेलको अध्यक्षतामा छन्द काव्य प्रतिष्ठान नेपाल गठन

भरतपुर, १ असार । छन्दोबद्ध कविता अभियानको विशेष भेलाले लकाश पौडेलको अध्यक्षतामा छन्द काव्य प्रतिष्ठान नेपाल नामक संस्था गठन गरेको छ । ११ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष राजेन्द्र घायल, सचिव विदुर अधिकारी, कोषाध्यक्ष होमनाथ घिमिरे र सहसचिव उषा तिवारी रहेका छन् । भेलाले ‘शिखरिणी’ छन्द पत्रिका नियमितरूपमा प्रकाशन गर्न गोविन्दराज विनोदीको संयोजनमा प्राडा होमनाथ सापकोटा, केशवराज […]

पेट्रोलको मूल्य ३ रुपैयाँ घट्यो

काठमाडौं, १ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल […]

बालकुमारी कलेजका विद्यार्थीलाई अभिमुखीकरण

भरतपुर, १ असार । बालकुमारी कलेज नारायणगढको आयोजनामा शनिबार भरतपुरमा विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा व्यवस्थापन संकाय अन्तर्गत एमबिएस इन फाइनान्सियल म्यानेजमेण्ट प्रथम वर्षमा अध्यायनरत विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको हो । कलेज संचालक समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्मा प्रमुख अतिथि थिए […]

अङ्कुरम् एकेडेमीको आयोजनामा शिक्षकहरूको पौडी प्रतियोगिता

भरतपुर, १ असार । भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा सम्पन्न अन्तरविद्यालय शिक्षक पौडी प्रतियोगितामा अङ्कुरम् एकेडेमीका जीवन वाग्ले र ओम शान्ति एकेडेमीकी नानु गुरुङले प्रथम स्थान हासिल गरेका छन् । शनिबार अङ्कुरम् एकेडेमीको स्विमिङ पुलमा सञ्चालित प्रतियोगितामा अङ्कुरम्का जीवन वाग्लेले १५ सेकेन्ड ११ मिलिसेकेन्डमा २५ मिटरको दुरी पार गर्दै पुरुषतर्फको प्रथम स्थान हासिल गरेका हुन् […]

कवि अभय श्रेष्ठको `लहना र तीर´माथि परिचर्चा

भरतपुर, १ असार । कवि अभय श्रेष्ठको कवितासङ्ग्रह `लहना र तीर´माथि भरतपुरमा परिचर्चा गरिएको छ । साहित्य सङ्गम चितवनको आयोजनामा शनिबार बिहान नारायणी नमुना माविमा कार्यक्रम गरिएको हो । परिचर्चा कार्यक्रममा कवि विपिन पाठकले कवि अभय श्रेष्ठ, सरिता तिवारी र गणेश श्रमणसँग कुराकानी गरेका थिए । गणेश श्रमणले अभयका कवितामा क्रान्तिचेत, विद्रोह र समानताका स्वर […]

सञ्जीव पौडेलको `छोटु´ सार्वजनिक

भरतपुर, १ असार । सञ्जीव पौडेलको संस्मरणात्मक कृति `छोटु´ सार्वजनिक भएको छ । प्रमुख अतिथि दिनेशकुमार थपलिया (कवि, प्रमुख निर्वाचन आयुक्त), कार्यक्रमका अध्यक्ष रमाकान्त सापकोटालगायतले कृति सार्वजनिक गरेका हुन् । प्रमुख अतिथि दिनेशकुमार थपलियाले साहित्य लेखनले मुलुकको समृद्धि र सामाजिक जागरणमा भूमिका खेल्ने बताए । नेताले, शिक्षकले, कर्मचारीले नदेख्ने बेथिति एकजना लेखकले देख्नसक्ने भन्दै साहित्यले […]

दक्षिण अफ्रिकासँग नेपाल १ रनले स्तब्ध

भरतपुर, १ असार । जारी आइसीसी ट्वेन्टी ट्वन्टी क्रिकेट विश्वकपको आफ्नो तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । अन्तिम तीन ओभरमा सम्हालिन नसक्दा नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गराउनबाट चुकेको हो । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याउन उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन […]