अङ्कुरम् एकेडेमीको आयोजनामा शिक्षकहरूको पौडी प्रतियोगिता

भरतपुर, १ असार ।
भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा सम्पन्न अन्तरविद्यालय शिक्षक पौडी प्रतियोगितामा अङ्कुरम् एकेडेमीका जीवन वाग्ले र ओम शान्ति एकेडेमीकी नानु गुरुङले प्रथम स्थान हासिल गरेका छन् ।

शनिबार अङ्कुरम् एकेडेमीको स्विमिङ पुलमा सञ्चालित प्रतियोगितामा अङ्कुरम्का जीवन वाग्लेले १५ सेकेन्ड ११ मिलिसेकेन्डमा २५ मिटरको दुरी पार गर्दै पुरुषतर्फको प्रथम स्थान हासिल गरेका हुन् । त्यसैगरी महिलातर्फको प्रतियोगितामा ओम शान्तिकी नानु गुरुङ ३४ सेकेन्ड ५७ मिलिसेकेन्डमा उक्त दुरी पार गर्दै प्रथम भइन् ।

पुरुषतर्फ बालकुमारी इङ्ग्लिस बोर्डिङ स्कुलका सनी श्रेष्ठले १७ सेकेन्ड १३ मिलिसेकेन्डमा उक्त दुरी पार गर्दै द्वितीय स्थान हासिल गरे भने स्टेप बाइ स्टेपका सोमबहादुर गुरुङले १८ सेकेन्ड ३ मिलिसेकेन्डमा सो दुरी पार गरेर तृतीय स्थान हासिल गरे ।

त्यसैगरी महिलातर्फ इडेन गार्डेनकी ऋतिका राई र बालकुमारीकी इशा खड्गीले क्रमशः ३६ सेकेन्ड ७५ मिलिसेकेन्ड र ५६ सकेन्ड मा सो दुरी पार गरेर द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । प्रतियोगितामा १६ पुरुष र ४ महिला गरी २० जना प्रतियोगीले भाग लिएका थिए । बिजेताहरुलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

भरतपुरमा विश्वस्तरीय शिक्षा प्रदान गर्दै अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राख्दै आएको अङ्कुुरम् एकेडेमीको उक्त स्विमिङ पुल ओलम्पिक स्ट्याण्डर्ड स्विमिङ पुल रहेको तह प्रमुख तथा कार्यक्रम संयोजक अर्जुन जी शर्माले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका निर्देशकद्वय नईम चौधरी र सरला पौडेलले विजेता खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा कार्यक्रम संयोजक शर्माले नियमहरूको बारेमा जानकारी गराएका थिए भने निर्देशक चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट