कवि अभय श्रेष्ठको `लहना र तीर´माथि परिचर्चा

भरतपुर, १ असार ।
कवि अभय श्रेष्ठको कवितासङ्ग्रह `लहना र तीर´माथि भरतपुरमा परिचर्चा गरिएको छ । साहित्य सङ्गम चितवनको आयोजनामा शनिबार बिहान नारायणी नमुना माविमा कार्यक्रम गरिएको हो ।

परिचर्चा कार्यक्रममा कवि विपिन पाठकले कवि अभय श्रेष्ठ, सरिता तिवारी र गणेश श्रमणसँग कुराकानी गरेका थिए । गणेश श्रमणले
अभयका कवितामा क्रान्तिचेत, विद्रोह र समानताका स्वर पाइने बताए । `सामान्य बिम्व लिएर सरल भाषामा कविता सिर्जना गर्न सक्नु अभयका विशेषता हुन्´, श्रमणले बताए ।

त्यसैगरी सरिता तिवारीले समाजमा निरीहरूपमा प्रस्तुत गरिने नारी पात्रलाई अभयले उनका कवितामा सशक्तरूपमा उभ्याएको बताइन् । अभयले प्रेमलाई पनि विचारसँग जोडेर बेजोड बनाएको तिवारीको भनाइ थियो । त्यसैगरी कवि अभय श्रेष्ठले आफूले जटिलभन्दा जटिल कुरालाई सरल ढंगले व्यक्त गर्न कविता लेख्ने गरेको बताए ।

कवि अभयलाई दर्शकदीर्घाबाट पत्रकार एवं लेखक सूर्यप्रकाश कँडेल, लेखक एवं शिक्षक टीकाराम रेग्मी, साहित्यकार रह शर्मा, कवि सबिना भुसाललगायतले प्रश्न गर्दै सुझाव पनि दिएका थिए ।

कार्यक्रम साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा कवि अभयले केही कविता वाचन गरेका थिए । `लहना र तीर´ बुकहिल पब्लिकेसन्सले प्रकाशन गरेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट