देवघाटधामको बृद्धाश्रममा खाद्यान्न वितरण

देवघाटधाम, तनहुँ ३० जेठ ।
स्पाउज क्लब अफ नारायणगढ रोटरी क्लबले रोटरी करुणालय, देवघाटमा बिहानको खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । करुणालयका अध्यक्ष उत्तमलाल चुके, सह–सचिव दीपक प्रधान, व्यवस्थापक विष्णुबहादुर कुँवरको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

नारायणगढ रोटरी क्लबद्वारा स्थापना गरिएको स्पाउज क्लबले रोटरी करुणालयमा आश्रित ३५ जना लगायत बाहिर बस्ने अन्य १२५ जना वृद्धवृद्धाहरूका लागि खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको स्पाउज क्लबकी अध्यक्ष पूर्णिमा जोशी श्रेष्ठले बताइन् । अनावश्यक खर्चहरूलाई कटौटी गरी क्लबका सदस्यहरूबाट संकलन गरिएको रकमले वृद्धवृद्धाहरूलाई खाना उपलब्ध गराइएको संयोजक अनु पन्तले बताइन् ।

कार्यक्रममा स्पाउज क्लबका पूर्वअध्यक्षहरू मनसा थैव श्रेष्ठ, निरा प्रधानलगायत कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरू, नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, पूर्वअध्यक्ष रोहितकुमार श्रेष्ठ र सचिव सेवन पन्तको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट