बागमती प्रदेशको बजेट असार १ गते आउने

मकवानपुर, ३० जेठ ।
बागमती प्रदेश सरकारको बजेट असार १ गते आउने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि असार १ गतेको प्रदेशसभामा प्रदेश सरकारले बजेट पेश गर्ने भएको छ ।

संबैधानिक व्यवस्था अनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने प्राबधान छ । यस्तै स्थानीय सरकारले असार १० गतेसम्म बजेट पेश गरी असार मसान्तसम्म पास गर्नु पर्ने व्यवस्था छ ।

संबैधानिक व्यवस्था अनुसार बजेट प्रस्तुत गर्न सभामुख भुवनकुमार पाठकले बागमती प्रदेश सरकारको बजेट सार्वजनिकीकरणका लागि असार १ गते ४ बजेका लागि बैठक आह्वान समेत गरेका छन् ।

असार ४ गतेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बजेट प्रस्तुत भए लगत्तै प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको अर्थ सम्बन्धी विधेयक पेश हुने छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकाले आर्थिक सङ्कुचनका कारण राजस्व सङ्कलन दर न्यून रहेको भन्दै चालु आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, रोजगारी सृजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । संसद् विकास कोष खारेज भएपछि बजेटमा सन्तुलन कायम गर्न सरकारले प्रत्येक सांसदहरूको ३ करोड रुपैयाँको योजना बजेटमा समावेश गर्ने तयारी गरेको छ ।

प्रदेशसभा बैठक जेठ ३२ गते बस्ने छ । उक्त बैठकमा प्रदेश सरकारको आर्थिक सर्वेक्षण प्रस्तुत हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट