विश्वप्रकाश र अमर मावि भरतपुर मेयर कप फुटबलको फाइनलमा

भरतपुर, २५ जेठ ।
विश्वप्रकाश मावि भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

भरतपुर ७ कृष्णपुरको मैदानमा बिहीबार सम्पन्न सेमिफाइनलमा आदिकवि भानु माविलाई हराउँदै अमर मावि उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा विश्वप्रकाशले टाइब्रेकरमा ४-२ ले बाजी मारेको हो । त्यस अघि निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

विश्वप्रकाश माविले अब उपाधिका लागि अमर माविको सामना गर्नेछ । अमर मावि यस अघि नारायणी नमूना माविलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगितामा शुक्रबार तेस्रो स्थानका लागि नारायणी नमूना मावि र आदिकवि भानु मावि भिड्नेछन् । खेल दिउँसो ४:३० बजे हुने सहआयोजक चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष एवं खेल संयोजक विजय घलेले जानकारी दिए ।

यसैबीच मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष अकिललाल श्रेष्ठको निधनप्रति खेलाडी र रेफ्रीहरुले श्रद्दान्जली व्यक्त गरेका छन् । बिहीबार खेलका दौरान हातमा कालो पट्टी बाँधेर उनीहरुले श्रेष्ठ प्रति श्रद्दान्जली व्यक्त गरेका हुन् । श्रेष्ठको बिहीबार बिहान निधन भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट