फेरिने भए चितवनका सिडिओ

भरतपुर, १६ जेठ ।
चितवनको प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रूपमा इन्द्रदेव यादव आउनेभएका छन् । यहाँका सिडिओ भुपेन्द्र थापा सिन्धुपाल्चोकमा सरुवा भएका छन् ।

गृह मन्त्रालयले बिज्ञप्ति निकाल्दै २५ सहसचिवको जिम्मेवारी हेरफेर गरेको जनाएको छ । जसमा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् ।

गृहले सुनसरीमा रामचन्द्र तिवारी, बर्दियामा रुद्रादेवी शर्मा, मकवानपुरमा तीर्थराज चिलुवाल, बर्दियामा अरुण पोखरेल, पाँचथरमा विष्णुप्रसाद कोइराला, पश्चिम नवलपरासीमा स्किम श्रेष्ठ, पूर्वी नवलपरासीमा अरुण पोख्रेल, धादिङमा राजेन्द्रदेव पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको छ ।

चितवनमा इन्द्रदेव यादव, काभ्रेमा सूर्यप्रसाद सेढाई, इलाममा कल्पना श्रेष्ठ, सिन्धुपाल्चोकमा भूपेन्द्र थापा, भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायणप्रसाद सापकोटा, सर्लाहीमा गोपालप्रसाद अधिकारी, कास्कीमा भरतमणि पाण्डे र सप्तरीमा मेघबहादुर मंग्रान्तीले सिडिओको जिम्मेवारी पाएका छन् ।

यस्तै, कारागार व्यवस्थापन विभागको महानिर्देशकमा जयनारायण आचार्यलाई खटाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट