फेरिने भए चितवनका सिडिओ

भरतपुर, १६ जेठ । चितवनको प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रूपमा इन्द्रदेव यादव आउनेभएका छन् । यहाँका सिडिओ भुपेन्द्र थापा सिन्धुपाल्चोकमा सरुवा भएका छन् । गृह मन्त्रालयले बिज्ञप्ति निकाल्दै २५ सहसचिवको जिम्मेवारी हेरफेर गरेको जनाएको छ । जसमा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । गृहले सुनसरीमा रामचन्द्र तिवारी, बर्दियामा रुद्रादेवी शर्मा, मकवानपुरमा तीर्थराज […]

आदर्श नारी विकास केन्द्रको ३३ औँ वार्षिकोत्सव : आदर्शसँग साहित्य र दीप प्रज्वलन

भरतपुर, १६ जेठ । आदर्श नारी विकास केन्द्र ३३ वर्षमा प्रवेश गरेको छ । `महिलाहरुमा अन्तरनिहित शक्तिको सबैले कदर गरौँ´ भन्ने मुल मन्त्रका साथ २०४९ सालमा स्थापना भएको यस संस्थाले ३३ वर्ष प्रवेशको अवसरमा बुधबार बिहान आदर्शसँग साहित्य कार्यक्रम सम्पन्न गर्‍यो । संस्थाको स्थापना दिवस एवम् छैटौं महिला अधिकार दिवसको अवसर पारेर गरिएको कार्यक्रममा एक […]

होटल व्यवसायी संघ चितवनको ध्यानाकर्षण

भरतपुर, १६ जेठ । विभिन्न सञ्चारमाध्यममा प्रकाशित रेष्टुरेण्टको खानाले फुड पोइजन भई सात जना बिरामी भएको भन्ने समाचारप्रति होटल व्यवसायी संघ चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण) द्वारा जारी विज्ञप्तिमा सम्पूर्ण होटल व्यवसायीहरुले स्वच्छ, सफा खाना तथा स्तरीय सेवा प्रदान गर्नु पर्नेमा जोड दिइएको छ । लामो समयसम्म एउटै […]

हेटौंडामा ढुंगेलको मुक्तक वाचन

मकवानपुर, १६ जेठ । गीतसँगै मुक्तकलेखनमा समेत सक्रिय सुवासचन्द्र ढुंगेलले मकवानपुरको हेटौंडामा मंगलबार मुक्तक सुनाएका छन् । मुक्तक मञ्च मकवानपुर शाखाले ढुङ्गेलको मुक्तक सुनाउने कार्यक्रम मिलाएको हो । कुवाको होस् वा झरनाको पानीको काम प्यास मेट्ने त हो सडक होस् वा मेरो छाति तिम्रो पैतालाको काम टेक्ने त हो तरबारसँग भागेर फूलको नजिक पुगेँ म, […]

महेन्द्र राजमार्गको थुम्सी सडकखण्डमा दुईतर्फी रूपमा यातायात सञ्चालन

गैंडाकोट, १६ जेठ । सोमबार रातिदेखि अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड आज (१६ जेठ) बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसो ३:०० बजेदेखि एकतर्फी सञ्चालनमा आएको थियो । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बुधबार बिहानदेखि सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन […]

भरतपुरका सहकारी व्यवस्थापकलाई आधारभूत काेपाेमिस सफ्टवेयर तालिम

भरतपुर, १६ जेठ । भरतपुर महानगरपालिकाले आधारभूत काेपाेमिस सफ्टवेयर तालिम दिएकाेछ । महानगरकाे सहकारी तथा राेजगार प्रबर्द्धन शाखाले भरतपुर महानगरपालिका भित्र रहेका तर काेपाेमिस प्रणालीमा आबद्ध हुन नसकेका सहकारी संस्थामा कार्यरत करिव १०० भन्दा बढि व्यवस्थापक कर्मचारीलाई तीन चरणमा काेपाेमिस सफ्टवेयर कार्यान्वयन तालिम दिएकाे हाे । कार्यक्रमकाे पहिलाे समूहकाे तालिम जिल्ला समन्वय समितिको सभाहल भरतपुर […]