महेन्द्र राजमार्गको थुम्सी सडकखण्डमा दुईतर्फी रूपमा यातायात सञ्चालन

गैंडाकोट, १६ जेठ ।

सोमबार रातिदेखि अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड आज (१६ जेठ) बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसो ३:०० बजेदेखि एकतर्फी सञ्चालनमा आएको थियो । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बुधबार बिहानदेखि सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेको जानकारी दिए ।

त्यस्तै दाउन्ने डाँडामा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो । गए रातीदेखि अवरुद्ध उक्त खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

विस्तारका क्रममा रहेको नारायणगढ-बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैं सास्ती खेप्दै आएका छन् । यही स्थानमा गत वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । समयमै सडक विस्तार नगरिँदा यात्रुले बर्सेनि दुःख पाउने गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट