नेपाली लेखक सङ्घ चितवनको अध्यक्षमा शान्ति शर्मा चयन

भरतपुर, १४ जेठ ।
नेपाली लेखक सङ्घ चितवनको अध्यक्षमा शान्ति शर्मा चयन भएकी छन् । सङ्घको आइतबार बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले नेपाली लेखक सङ्घ चितवनकी उपाध्यक्ष शान्ति शर्मालाई सर्वसम्मत रुपमा कार्यवाहक अध्यक्षको रूपमा चयन गरेको हो ।

नेपाली लेखक सङ्घका जिल्ला अध्यक्ष सुरेन्द्र अस्तफल लेखक सङ्घको केन्द्रीय सदस्यमा निर्वाचित भएकाले शर्मालाई कार्यवाहक अध्यक्षको जिम्मेबारी दिइएको हो ।

सङ्घको चितवन शाखाको सचिवमा लेखराम सापकोटा, कोषाध्यक्ष मुरारीप्रसाद खनाल, सहसचिव पदमप्रसाद अर्याल तथा सदस्यहरूमा कमल अर्याल, शिवहरि अधिकारी, मित्रराज घिमिरे, राधा कोइराला, रामकृष्ण अनायास र सिम्रन क्षेत्री छन् ।

सङ्घको चितवन शाखा सल्लाहकार समितिमा डाक्टर एकनारायण पौड्याल, केदारनाथ खनाल, रामबाबु घिमिरे र गायत्री श्रेष्ठ छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट