चितवनमा राष्ट्रिय छन्द कविता प्रतियोगिता हुने

भरतपुर, १४ जेठ । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन जेठ २६ गते शनिबार चितवनको देवनगरमा राष्ट्रिय छन्द कविता प्रतियोगिता हुने भएको छ । भरतपुर–१३ मा रहेको नवसाहित्य मञ्जरीले प्रतियोगिता आयोजना गरेको हो । आयोजक संस्थाका अध्यक्ष सूर्यमणि रेग्मीले मौलिक साहित्यको प्रवद्र्धन, प्रचारप्रसार तथा प्रतिभाको पहिचान र उत्प्रेरणाका लागि प्रतियोगिता आयोजना गरिएको बताए । […]

देवचुली डाँडाको प्रवर्द्धनका लागि पूर्वाधार निर्माण

देवचुली, १४ जेठ । गण्डकी प्रदेश अन्तर्गत पूर्वी नवलपरासीको देवचुली नगरपालिका पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो पूर्वपश्चिम महेन्द्र राजमार्ग हुँदै सजिलै पुगिने यस क्षेत्रको फरक भौगोलिक विशेषताले पनि यस क्षेत्रलाई पर्यटकीय हिसाबले विशेष बनाएको छ । यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य बनिरहेको देवचुली डांँडा समुद्री सतह देखि करिब १९३६ मिटरको उचाईमा रहेको छ । महेन्द्र […]

स्याङ्तानको `डम्फुको आत्मालाप´माथि भरतपुरमा परिचर्चा

भरतपुर, १४ जेठ । कथाकार भक्त स्याङ्तानको कथासङ्ग्रह ‘डम्फुको आत्मालाप’माथि शनिबार भरतपुरमा चर्चा गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा भएको कार्यक्रममा कृतिमाथि समीक्षक रमेश प्रभातले समीक्षात्मक टिप्पणी गरेका थिए । उनले कृतिमा कहीँकतै सम्पादकीय त्रुटी रहे पनि समग्रमा कथाले सामाजिक कथा बोल्ने प्रयास गरेको बताए । तामाङ जाति र भाषासँग सम्बन्धित कथा भएको हुँदा […]

नेपाली लेखक सङ्घ चितवनको अध्यक्षमा शान्ति शर्मा चयन

भरतपुर, १४ जेठ । नेपाली लेखक सङ्घ चितवनको अध्यक्षमा शान्ति शर्मा चयन भएकी छन् । सङ्घको आइतबार बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले नेपाली लेखक सङ्घ चितवनकी उपाध्यक्ष शान्ति शर्मालाई सर्वसम्मत रुपमा कार्यवाहक अध्यक्षको रूपमा चयन गरेको हो । नेपाली लेखक सङ्घका जिल्ला अध्यक्ष सुरेन्द्र अस्तफल लेखक सङ्घको केन्द्रीय सदस्यमा निर्वाचित भएकाले शर्मालाई कार्यवाहक […]

नारायणगढ-मुग्लिङ सडकमा ३ बस र एउटा ट्रक ठोक्कियो : एक जनाको मृत्यु, २२ जना घाइते

चितवन, १४ जेठ । चितवनको नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा४ख […]

आफ्नो गल्ती लुकाउन फेक आइडीमार्फत कुप्रचार

देवघाट, १४ जेठ । फेक आइडीबाट चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै देवघाटबाट सञ्चालित बिहानी मिडिया डटकमले दोषीमाथि कारवाही गर्न माग गरेको छ । देवघाटमा नदीजन्य पदार्थ उत्खननको विषयमा समाचारजन्य सामग्री प्रकाशन तथा प्रसारण गर्दा आफ्नो गल्ती छोप्न बिहानी मिडियामाथि प्रहार गरेको आइतबार बिहानी मिडियाका अध्यक्ष आशिक रानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अध्यक्ष रानाका […]