जिमिरे परिवारका १५ वृद्धवृद्धा सम्मानित

भरतपुर, १२ वैशाख ।

श्री खडानन्द कँडेल स्मृति प्रतिष्ठानले जिमिरे परिवारका १५ जना वृद्धवृद्धालाई सम्मान गरेको छ । भरतपुर–४, चिसापानीटोलमा बुधबार आयोजित कार्यक्रममा श्री सीताराम सप्तर्षि कँडेल–आदि कूल देवता मन्दिर भारद्वाज आश्रमका संरक्षक रोमाकान्त कँडेलले वृद्धवृद्धालाई सम्मानपत्र तथा दोसल्ला अर्पण गरेका थिए ।

९१ वर्षका नन्दलाल कँडेल, ८९ वर्षका नारायणदत्त कँडेल, ८७ वर्षका कृष्णप्रसाद कँडेल, ८५ वर्षका देवीप्रसाद कँडेल, ८१ वर्षका काशीराम कँडेल र उमानन्द कँडेल गरी छ जना बुबा तथा ८८ वर्षकी याममति कँडेल, ८५ वर्षकी वसुन्धरा कँडेल, ८१ वर्षका देउकली कँडेल र पार्वती कँडेल, ८० वर्षकी सरस्वती कँडेल, ७८ वर्षकी अम्बिका कँडेल र भद्रकली कँडेल, ७७ वर्षकी हरिकला कँडेल र ७५ वर्षकी देउरूपा कँडेल गरी ९ जना आमालाई सम्मान गरिएको थियो ।

अग्रजको सम्मानस्वरूप पहिलोपटक जिमिरे परिवारका वृद्धवृद्धाहरूलाई सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष रघुनाथ कँडेलले जानकारी दिए । ‘प्रतिष्ठानमा बागलुङ बिहुँको जिमिरे पुख्र्यौली थलो भएका स्वर्गीय खडानन्दका ५३ भाइ सन्तान सदस्य छौँ,’ उनले भने, ‘परिवारको आपसी भाइचारा कायम गराउन एक वर्षअघि मात्रै प्रतिष्ठानको अवधारणा ल्याइएकोमा पहिलो कार्यक्रमको रूपमै आफ्ना बुबा–आमाहरूलाई सम्मान गर्न पाएकोमा खुसी छौँ ।’

युवाहरू विदेश पलायन भइरहेको सन्दर्भमा आफ्ना बुबा आमालाई सम्झेर सम्मान गर्नु सत्कार्य रहेको प्रमुख अतिथि कँडेलले बताए । ‘आफ्ना जन्मदातालाई आजमात्रै होइन, सधैँ सम्मान र हेरचाह दिन सकेमात्र उहाँहरूको सच्चा सम्मान हुन्छ,’ उनले भने, ‘यस कार्यक्रमले बुबा–आमालाई वृद्धाश्रम पु¥याउने सन्तानलाई पनि राम्रो पाठ सिकाएको छ ।’

प्रतिष्ठानका संरक्षक जगन्नाथ कँडेलले एउटै पूर्खाका सन्तानहरू जहाँ रहे पनि हरेक सुखदुःखमा एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । ‘वर्तमान समयमा विश्व नै सिङ्गो घर बनिरहेको सन्दर्भमा जो जहाँ रहे पनि एकजुट हुन प्रतिष्ठानले हातेमालो गर्नेछ,’ उनले भने, ‘फुटेरभन्दा जुटेर गरेका हरेक काम सान्दर्भिक तथा सफल हुन्छन्। त्यसरी नै अगाडि बढ्ने सबै भाइहरूमा प्ररणा जागोस्।’

सम्मान कार्यक्रमका लागि हाल वैदेशिक रोजगारको सिलसिलामा आयरल्याण्ड बस्दै आएका प्रतिष्ठानका सदस्य गंगाराम कँडेलले नगद २१ हजार ५५५ रूपैयाँ आर्थिक सहयोग गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट