गीतकार खतिवडाको गीति पुस्तक “कैसा मन मस्ताना प्यारे” प्रकाशित

भरतपुर, ११ वैशाख ।

गीतकार डा. हेमन्त खतिवडाको हिन्दी गीत संग्रहित पुस्तक “कैसा मन मस्ताना प्यारे” प्रकाशित भएको छ । यस कृतिमा गीतकार खतिवडाका २ सय वटा हिन्दी गीतहरु समावेश छन् । यस्तै पुस्तकको पृष्ठ संख्या पनि २ सय नै रहेको छ । ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य २ सय भा.रु. रहेको छ ।

पुस्तकमा राखिएका गीतहरू विशेष गरेर प्रेमका बारेमा रहेको गीतकार ले बताएका छन् ।

“प्रेम भनेको सतही विषय नभई यसको आफ्नै दर्शन छ । प्रेमगीत लाई पनि म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु,” गीतकार खतिवडाले भने ।

खतिवडाका नेपाली गीत पनि चर्चित छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट