छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु

मकवानपुर, ११ वैशाख । बागमती प्रदेशका ३ वटा जिल्लामा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, रामेछाप र चितवन जिल्लामा भएका विभिन्न घटनामा एकैदिन ४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–७, दुवाचौर काफ्लेखोला जंगलमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला […]
महानगरको सक्रियतामा ठुला आयोजना सम्भव : दाहाल

चितवन, वैशाख ११ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठुला विकास निर्माणका आयोजना अघि बढेको बताएकी छन् । लोकतन्त्र दिवसको अवसरमा भरतपुर–१२ धनगढा मन्दिर परिसरमा आयोजना भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा उनले महानगरको पहलकदमी, सक्रियता र समर्पणले ठुला आयोजना निर्माण सम्भव भएको दाबी गरिन् । पुलचोक गोन्द्राङ ६ लेन सडक, सिटी हल, भरतपुर […]
शिक्षामन्त्री श्रेष्ठको कदमलाई शिक्षकहरूको समर्थन

भरतपुर, ११ वैशाख । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले कुनै पनि दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा बसेको पाइएमा पदबाट बर्खास्त गर्नू भनी एक साताअघि शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय लिएपछि उनको यो कदमलाई शिक्षकहरूले पूर्ण समर्थन गरेका छन् । भरतपुरमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय कोषाध्यक्ष सूर्य बरालले शिक्षामन्त्री श्रेष्ठको […]
लमजुङको भुजुङमा ‘भाइरल गोर्खे’ को शुभ मुहुर्त, आजैबाट छायाङ्कन सुरु

लमजुङ, ११ वैशाख । कमेडी जनरामा निर्माण हुने चलचित्र ‘भाइरल गोर्खे’ को शुभ मुहुर्त गरिएको छ । लमजुङको भुजुङ गाउँमा आज मंगलबार चलचित्रका निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरु सौगात मल्ल, लक्ष्मी गिरीलगायतले शुभ मुहुर्त गरेका हुन् । शुभ मुहुर्तसँँगै चलचित्रको छायाङ्कन पनि सुरु भएको छ । शुभ मुहुर्तमा निर्माता लामिछानेले सामाजिक संजालले समाजमा […]
सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना (फोटो फिचर)

काठमाडौँ, ११ वैशाख । सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा–सिलिचुङ क्षेत्र तथा पर्यटकीयस्थल सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा स्थापना गरिएको छ । साथै साल्पा पोखरी छेउमा नछुङ (धामी) को प्रतिमा स्थापना गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा रहेको सिचिलुङमा सुम्निमा र पारुहाङ तथा साल्पा पोखरीमा नछुङको प्रतिमासमेत स्थापना गरिएको छ । […]
गीतकार खतिवडाको गीति पुस्तक “कैसा मन मस्ताना प्यारे” प्रकाशित

भरतपुर, ११ वैशाख । गीतकार डा. हेमन्त खतिवडाको हिन्दी गीत संग्रहित पुस्तक “कैसा मन मस्ताना प्यारे” प्रकाशित भएको छ । यस कृतिमा गीतकार खतिवडाका २ सय वटा हिन्दी गीतहरु समावेश छन् । यस्तै पुस्तकको पृष्ठ संख्या पनि २ सय नै रहेको छ । ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य २ सय भा.रु. रहेको […]