खोलामा डुबेर एकजनाको मृत्यु

मकवानपुर, २ वैशाख
थाहा नगरपालिका वडा नम्बर ४ धारापानीस्थित खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाको नारायणझ्याउ बस्ने वर्ष ७२ की लाक्पा शेर्पा रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान १० बजेर ३० मिनेटको समयमा धारापानीस्थित खोलामा जम्मा भएको पानीको खोल्सामा शेर्पा मृत भेटिएकी थिइन् । मृतकको श्रीमान श्याम बहादुर थिङले घटनास्थलमा आएर सनाखत गरेको प्रहरीले जनाएको छ ।

घटनास्थलको मुचुल्कापछि शव पोष्टमाटमका लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट