अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगितामा बागमती प्रदेशलाई ६१ स्वर्ण
मकवानपुर, २ वैशाख । प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगितामा बागमती प्रदेशले प्रथम स्थान हासिल गरेकाे छ । बागमतीले कुल पदक मध्ये ६१ स्वर्ण, ४३ रजत र ३६ कास्य गरी कुल १४० पदकका साथ प्रथम स्थान हासिल गरेकाे हाे । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको संयुक्त आयोजनामा चैत २५ […]
खोलामा डुबेर एकजनाको मृत्यु
मकवानपुर, २ वैशाख । थाहा नगरपालिका वडा नम्बर ४ धारापानीस्थित खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाको नारायणझ्याउ बस्ने वर्ष ७२ की लाक्पा शेर्पा रहेकी छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान १० बजेर ३० मिनेटको समयमा धारापानीस्थित खोलामा जम्मा भएको पानीको खोल्सामा शेर्पा मृत भेटिएकी थिइन् । मृतकको […]
बागमतीमा संसदीय समितिमा सभापति चयनको तयारी

मकवानपुर, २ वैशाख । बागमती प्रदेशसभामा गठन भएका पाँच वटा विषयगत संसदीय समितिमा सभापति चयनका लागि तयारी गरिएको छ । प्रदेशसभाको निर्वाचन भइ कार्यकाल सुरु भएको डेढ वर्षमा दलहरुले संसदीय सभापतिमा भागवण्डा टुंग्याएपछि चयनको तयारी गरिएको हो । २०७९ मंसिरमा सम्पन्न प्रदेश सभाकाे निर्वाचन पश्चात २०७९ पुस १८ गते पहिलो बैठक बसेको थियो । प्रदेश […]
`आदर्श समाज´को गैँडाकोट विशेषाङ्क लोकार्षण

नवलपुर, २ वैशाख । गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रकाशन हुँदै आएको आदर्श समाज राष्ट्रिय दैनिकले आफ्नो २९औँ वार्षिकोत्सवको अवसर पारेर गैँडाकोट विशेषाङ्क लोकार्पण गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा नयाँ वर्षको अवसर पारेर शनिबार शाखा कार्यालय उद्घाटन गर्दै गैँडाकोट विशेषाङ्क लोकार्पण गरिएको हो । पत्रिकाको प्रधान सम्पादक कृष्णप्रसाद बास्तोला, पोखरा प्रज्ञाप्रतिष्ठानका कुलपति पद्मराज ढकाल, […]