भरतपुर, ३० चैत ।
अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलकाे उपाधि बागमती प्रदेशले हात पारेकाे छ । फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै बागमतीले स्वर्ण पदक हात पारेको हो । बागमतीले २५–२१, २५–१२ र २५–८ को सेटमा गण्डकीलाई पराजित गरेकाे हाे ।
उपविजेता बनेको गण्डकीले रजत पदकमा चित्त बुझायाे । लुम्बिनी प्रदेश तेस्राेस्थानमा रहँदै काश्य पदक हात पार्यो । प्रतियोगितामा उत्कृष्ट स्पाइकर बागमतीकी सलिना बुढामगर, उत्कृष्ट ब्लकर लुम्बिनीकी आरती चौधरी, उत्कृष्ट सेटर बागमतीकी प्रगति नाथ, उत्कृष्ट सरोभर गण्डकीकी अरुणा शाही, उत्कृष्ट डिफेन्डर बागमतीकी एन्जीला प्रधान र उत्कृष्ट खेलाडी बागमतीकै सुमित्रा रेग्मी भइन् । उत्कृष्ट प्रशिक्षको अवार्ड बागमतीका कुमार राईले प्राप्त गरे ।
यसैगरी पुरुष भलिबलको उपाधि गण्डकी प्रदेशकाे पोल्टामा परेकाेछ । फाइनलमा कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकीले उपाधि उचाल्दै स्वर्ण पदक हात पारेको हो । गण्डकीले २५–१८, २५–२२ र २५–१८ को सोझो सेटमा कोशीलाई पराजित गरेको हो । कोशीले रजत पदकमा चित्त बुझायो भने सुदूरपश्चिम प्रदेशले काश्य पदक हात पार्यो ।
प्रतियोगितामा गण्डकीका हिमाल सुनारी सर्वोत्कृष्ट खेलाडी भए भने बेस्ट स्पाइकर गण्डकीकै सरोज बर्देवा, बेस्ट सेटर गण्डकीकै सुजन चोखाल, बेस्ट डिफेन्डर गण्डकीकै कुञ्जन शाही ठकरी, बेस्ट ब्लकर कोशीका पुकार तामाङ, बेस्ट सेभर सुदूरपश्चिमका बलदेव सिंह धामी भए ।





