पत्रकार पराजुलीको जन्मदिनमा महासङ्घलाई किताब उपहार

भरतपुर, ३० चैत । पत्रकार तथा कथाकार वसन्त पराजुलीले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासङ्घ चितवन शाखालाई किताब र किताब सजाउने आकर्षक दराज उपलब्ध गराएका छन् । नेपाल प्रेस युनियनका निवर्तमान केन्द्रीय सदस्य पराजुलीले महासङ्घ चितवन शाखाका कार्यबाहक अध्यक्ष प्रकाशमणि ज्ञवालीमार्फत शुक्रबार किताबसहितको दराज उपलब्ध गराएका हुन् । पराजुलीले पत्रकारहरुलाई अध्ययन र सिकाइ सहजीकरण हुने […]

हेटौंडामा गीतकार राजेन्द्र थापा र गायिका निशा देसार सम्मानित

मकवानपुर, ३० चैत । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले वरिष्ठ गीतकार राजेन्द्र थापा र गायिका निशा देसारलाई सम्मान गरेको छ । यस वर्षको १ लाख रुपैयाँ राशिको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट थापा सम्मानित भएका हुन् । यस्तै २५ हजार राशिको भीम विराग युवा सङ्गीत पुरस्कार २०७९ बाट देसार सम्मानित भएकी हुन् […]

अन्तर प्रदेश राष्ट्रिय महिला भलिबलकाे उपाधि बागमती प्रदेशलाई

भरतपुर, ३० चैत । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलकाे उपाधि बागमती प्रदेशले हात पारेकाे छ । फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै बागमतीले स्वर्ण पदक हात पारेको हो । बागमतीले २५–२१, २५–१२ र २५–८  को सेटमा गण्डकीलाई पराजित गरेकाे हाे । उपविजेता बनेको गण्डकीले रजत पदकमा चित्त बुझायाे । […]

‘चरैवेति’ के छ तिम्रो गति ?

(होइन यो विज्ञापन, न हो कुनै आत्मप्रशंशा । होइन यो सैद्धान्तिक व्याख्या, न हो कोरा गफ । मलाई चिनाउनु छैन यहाँ निसमालोचना, न गर्नु छ बकबक । डाक्टर जीवनको आख्यानमाथि चलाउनु छ भुत्ते कैँची । घोप्नु छ आख्यानको डाक्टरलाई कविताको छुरी । म पनि कवि थिएँ उहिले उहिले । दिनु छ दह्रो प्रमाण र चिरफार […]

सौराहाको होटल आइकावामा न्यू इयर इभ स्पेसल डिनर हुँदै

सौराहा, ३० चैत । देशको प्रमुख पर्यटन गन्तव्य सौराहाको होटल आइकावा इन प्रालिले न्यू इयर इभ स्पेसल डिनर आयोजना गर्दैछ । सौराहा कै एकमात्र चारतारे होटल आइकावाले यस अवसरमा विभिन्न मुलुकका खानाका परिकारको बफे व्यवस्था गरेको छ । नयाँ वर्ष २०८१ मा सौराहा घुम्न आउने पर्यटकलाई लक्षित गरी बफेको आयोजना गरिएको होटलका प्रबन्ध निर्देशक घनश्याम […]