पुरुष फुटबल प्रतियोगिताको फाइनलमा कोशी प्रदेश

मकवानपुर, २८ चैत ।
कोशी प्रदेश हेटौंडामा जारी अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८० पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा भएको तेस्रो दिनको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

खेलमा कोशी प्रदेशका निखिल तामाङ र आभिशेक बिकले १-१ गोल गरेका हुन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका कोशी प्रदेशका कमल खवास म्यान अफ द म्याच घोषित भएका छन् ।

बागमती प्रदेश खेलकुद विकास समितिको आयोजना एवम् बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको व्यवस्थापनमा यो प्रतियोगिता भएको हो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट