कथाकार टीकाराम रेग्मीको `बाँसुरीको धुन´को काठमाडौंमा परिचर्चा

काठमाडौं, २५ चैत ।
नारी स्रष्टा समाजले चितवनका साहित्यकार कथाकार टीकाराम रेग्मीको बाँसुरीको धुन कथासंग्रहकाे परिचर्चा सम्पन्न गरेको छ ।

स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनकाे प्रमुख आतिथ्य तथा नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलकाे अध्यक्षतामा परिचर्चा कार्यक्रम सम्पन्न भएकाे हाे ।

परिचर्चा कार्यक्रममा प्राडा गोविन्दमान सिंह कार्कीले पात्रमार्फत कथामा मानवीय अनुभूतिहरूलाई कलात्मक रूपमा प्रस्तुत गरेकाले ‘बाँसुरीको धुन’ निकै मीठाे भएकाे बताए। कथामा देशकाे कथाव्यथा, विकृति-विसङ्गति, भेदभाव जस्ता विविध विषयवस्तु समावेश भएकाे पनि उनले बताए ।

प्राडा कार्कीले कथामा सकारात्मक समापन, मनाेविज्ञानकाे सशक्त प्रयाेग र विकृतिविसंगतिकाे  तीव्र प्रहारले कथाहरू पठनीय भएकाे पनि बताए ।

अर्काे परिचर्चाकार रामकुमार पण्डितले रेग्मीका कथाहरू मीठाे संवाद, आकस्मिक उठान र मीठाे प्रस्तुतिले पठनीय भएकाे बताए। केही कथा स्वैरकल्पनात्मक र धेरै कथा यथार्थमा आधारित भएकाे बताए ।

विशिष्ट अतिथि तथा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले कृतिमाथि प्रकाश पार्दै शुभकामना दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले कृतिका सबै कथा जीवन्त भएकाे बताए । उनले भने, ‘संसारमा कथा नहुने मान्छे काेही पनि हुँदैन । हामी जुनसुकै ठाउँबाट पनि कथा लिन सक्छाैं । तर, लिएका कथाहरू मानवीय समवेदनासँग जाेडिएकाे हुनुपर्छ । मानवीय समवेदनासँग धेरै नजिक भएकाले रेग्मीका कथाहरू जीवन्त बनेका छन् ।’

त्यस्तै कथाकार मन्दिरा मधुश्रीले कृतिले पाठककाे  मन जित्ने छ भन्दै शुभकामना दिएकी थिइन् ।

कथाकार रेग्मीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिंदै आफ्ना कथाहरूकाे रचनागर्भ र पृष्ठभूमि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सुनवर्षी बुक हाउसका प्रमुख कार्यकारी अधिकृत तारानिधि रेग्मीले प्रकाशकले लेखककाे लेखकस्व र गुणस्तरीय सामग्रीमा ध्यान दिनुपर्ने बताए ।

नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलले बाँसुरीको धुनमा सुमधुर रागमा मन लोभ्याउने क्षमता भएकाे बताउँदै कथाकार रेग्मीलाई कृति सफलताको दिएकी थिइन् ।

नारी स्रष्टा समाजकी कोषाध्यक्ष विन्दु अधिकारी ढकालले संचालन गरेकाे कार्यक्रममा डा. काशिराज पाण्डे, तुलसीहरि कोइराला, त्रिभुवनचन्द्र वाग्ले, राजेश खनाल, प्रकृति अधिकारी, मदन नेपाल, दिव्य गिरी, दीपक लोहनी, धीरप्रसाद भण्डारी, परिच्छेद सेन, तारानिधि रेग्मी, माधवप्रसाद अधिकारी, कात्यायन, हेम कार्की, मधु पाठक, देविका तिमल्सिना, कल्पना खरेल, श्रीबाबु कार्की, हरिस कल्पित, विनोद नेपाल, नवराज पोखरेल, श्रीराम राई, अन्जु शर्मा लगायतको उपस्थित रहेको थियाे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट