सिद्धार्थ उद्योग वाणिज्य संघका व्यवसायी चितवनमा

भरतपुर, २१ चैत ।
उद्योग वाणिज्य संघ–चितवनले सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको अध्ययन अवलोकन भ्रमण टोलीलाई बुधबार स्वागत गरेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो ।
नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघहरूको अध्ययन अवलोकन गर्ने सन्दर्भमा उक्त संघ उद्योग वाणिज्य संघ–चितवनमा आएको हो । स्वागत एवं छलफल कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले यस किसिमको कार्यक्रमले व्यवसायिक साथसाथै संस्थागत एकता सुदृढ गर्नमा समेत सहयोग पु¥याउने बताए । उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिंदै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रका संलग्नता विना आर्थिक समृद्धिको नहुने भन्दै सरकारले नीजि क्षेत्र सँग हातेमालो गर्दै जानुपर्ने बताए । उनले यस किसिमका भेटघाटले दुवै क्षेत्रका उद्योगी व्यवसायीको समस्या पहिचान गरी सरकार सँग पहल गर्नुपर्ने दुवै संघका समस्याहरूको पनि पहिचान हुने बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवम् सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भिष्मप्रसाद न्यौपानेले आर्थिक मन्दीका कारण नयाँ उद्यम सृजना गर्ने जोश जाँगर हराउँदै गएको बताउँदै उनले जिल्लामा भएको उद्योगी व्यवसायीहरुको समस्यालाई महासंघमा लैजान आफु प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा बोल्दै सिद्र्धाथ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनले गरेको आतिथ्यता तथा कार्यप्रगतिको प्रशंसा गर्दै आफ्नो संघको संक्षित जानकारी दिँदै व्यावसायिक ऐक्यवद्धताका लागि उद्योग वाणिज्य संघ–चितवनस“ग स“गस“गै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
छलफलमा भैरहवा इन्टरनेशनल एयरपोर्ट छिटो संचालन गर्न र नारायणगढ बुटवल सडक विस्तारको कार्य छिटो सम्पन्न गर्न दुवै संघले साझा रुपमा पहल गर्ने साथै उद्योगी व्यवसायीका समस्या आर्थिक नीति, राजश्व नीति, झन्झटिलो कर प्रणाली लगाएतका विषयमा दुई उद्योग वाणिज्य संघ बिच साझा धारणा बनाएर समस्या समधानका लागि सम्बन्धित निकायको ध्यानार्कषण गराउने विषमा प्रतिवद्ध भएका थिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वमा कार्यसमिति सदस्य, महिला उद्यमी लगायत २७ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी र नारायण प्रधान लगायत कार्यसमितिका सदस्यहरू कार्यकारी निर्देशक निलबहादुर के.सी, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरुको उपस्थिति रहेको थियो ।
यसैगरी सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लगायत पदाधिकारी र कार्यसमितिको उपस्थिति रहेको थियो । टोलीले संघको सचिवालय र नारायणी नदी किनारको अवलोकन समेत गरेको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गरिएको स्वागत एवम् छलफल कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट