२०८० चैत २२ गते बिहीबारको कायाकैरन दैनिक (ePaper)

भरतपुर भ्रमण वर्षको चहलपहल बढ्दो

भरतपुर, २१ चैत । यतिबेला भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ महाअभियान चलिरहेको छ । देशका शीर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो । भ्रमण वर्षले यहाँका व्यवसायमा विस्तारै सकारात्मक प्रभाव देखिन थालेको छ । भरतपुरको राप्ती तटीय क्षेत्रसँग जोडिएका ठुला होटलहरुमा यतिबेला पर्यटक खचाखच व्यवसायीहरु […]
सिद्धार्थ उद्योग वाणिज्य संघका व्यवसायी चितवनमा

भरतपुर, २१ चैत । उद्योग वाणिज्य संघ–चितवनले सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको अध्ययन अवलोकन भ्रमण टोलीलाई बुधबार स्वागत गरेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो । नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघहरूको अध्ययन अवलोकन गर्ने सन्दर्भमा उक्त संघ उद्योग वाणिज्य संघ–चितवनमा आएको हो । […]