राष्ट्रिय सहकारी दिवसका अवसरमा किसान बचतको प्रभातफेरी

गैँडाकोट, २० चैत ।
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमबार प्रभातफेरी गरेको छ ।
६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गैँडाकोट वडा ८ लाई पूर्ण किसान सदस्य वडा घोषणा गर्दै छ । सोही अवसरमा सोमबार प्रभातफेरी गरिएको विजय नगर सेवा केन्द्रका संयोजक डिलाराम सापकोटाले जानकारी दिए ।

किसान बचतको केन्द्रीय कार्यलयबाट सुरु भएको मोटरसाईकल र्‍यालीमा गैँडाकोट ८ का सम्पूर्ण चोकहरुको परिक्रमा गर्दै गैंडाकोट नगरपालिका अगाडी आएर समापन भएको थियो ।

र्‍यालीमा संचालक समिति, विजयनगर सेवाकेन्द्र उपसमिति, कर्मचारी र सदस्यहरुको उपस्थिति रहेको थियो । पूर्ण किसान सदस्य वडा घोषणा कार्यक्रम आज चैत २० गते मंगलबार बिहान ११ बजे श्री विजय आधारभूत विद्यालय, विजयनगर, गैंडाकोट ८ को प्रङ्गणमा हुँदैछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट