२०८० चैत २१ गते बुधबारको कायाकैरन दैनिक (ePaper)

नयाँ वर्षदेखि भरतपुरको रिङरोड क्षेत्रमा पिक एण्ड ड्रप

भरतपुर, २० चैत । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी भरतपुरको रिङरोड क्षेत्रमा सवारी साधन चल्ने पाउने भएको छ । भरतपुर महानगरपालिकामा मंगलबार यातायात व्यवस्थापन सम्बन्धी सरोकारावालासँग भएको छलफलले नयाँ वर्ष २०८१ वैशाख १ गतेदेखि सवारीलाई पिक एण्ड ड्रपको सिद्धान्तअनुसार राजमार्ग क्षेत्रमा सवारी चलाउन पाइने निर्णय गरेको हो । जसअनुसार चौबीसकोठी, पुलचोक, नारायणगढ बसपार्क […]
सहकारीमा देखिएको समस्या समाधान संघले गर्नुपर्छ : दाहाल

भरतपुर, २० चैत । भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले सहकारीमा देखिएको समस्या समधानको लागि चितवन जिल्ला सहकारी संघले अगुवाई गर्नुपर्ने बताएकी छन् । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले सहकारीमा देखिएको वेथिति अन्त्य गर्न भरतपुर महागनर पनि सकारात्मक रहेको उल्लेख गरिन् । सहकारीको जननी जिल्ला चितवन र […]
कांग्रेस चितवनद्वारा सहकारी ठगीमा संलग्नलाई कारबाहीको माग

भरतपुर, २० चैत । चितवन कांग्रेसले सहकारी ठगीमा संलग्नहरुलाई कारबाहीको माग गरेको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा सहकारी संस्थाहरुले बचतकर्ताहरुसँग रकम संकलन गर्ने तर सहकारी ऐन विपरीत करोडौं बचत रकम अपचलन गरेकोमा रकम फिर्ताको पहल गरिदिन बचतकर्ताहरुले निवेदन दिएको उल्लेख गरिएको छ । सोही अनुसार चैत १५ गते सरोकारवाला पीडितसँग चितवन […]
पुष्पाञ्जली सहकारीका व्यवस्थापक अधिकारी जिल्लाकै उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित

भरतपुर, २० चैत । नारायणगढस्थित पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक फणीन्द्र अधिकारी सम्मानित भएका छन् । ६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड चिस्कुनले उत्कृष्ट कर्मचारीका रूपमा अधिकारीलाई सम्मान गरेको हो । चितवन जिल्लामा सञ्चालित सहकारीहरूमा कार्यरत कर्मचारीहरू मध्ये अधिकारी प्रथम भएका हुन् । सोमबार […]
बागमती प्रदेश सरकारले पायो पूर्णता

मकवानपुर, २० चैत । बागमती प्रदेश सरकारले पूर्णता पाएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार नेकपा एमालेका ४ जनालाई मन्त्री नियुक्त गरेपछि सरकारले पूर्णता पाएकाे हाे । मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई […]
बागमतीमा नेकपा एसबाट रमा बनिन् मन्त्री

मकवानपुर, २० चैत । बागमती प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टीकी सांसद रमा आलेमगरलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार मन्त्री नियुक्त गरेका छन् । आलेमगरलाई मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ खुवाए । सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिए लगत्तै उनलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । सांसद आले एकीकृत समाजवादीका […]
राष्ट्रिय सहकारी दिवसका अवसरमा किसान बचतको प्रभातफेरी

गैँडाकोट, २० चैत । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमबार प्रभातफेरी गरेको छ । ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गैँडाकोट वडा ८ लाई पूर्ण किसान सदस्य वडा घोषणा गर्दै छ । सोही अवसरमा सोमबार प्रभातफेरी गरिएको विजय नगर सेवा केन्द्रका संयोजक डिलाराम सापकोटाले जानकारी दिए । किसान बचतको केन्द्रीय कार्यलयबाट सुरु भएको मोटरसाईकल […]