भरतपुरमा तीन जना स्रस्टा सम्मानित

भरतपुर, १६ चैत ।
पण्डित नीलकण्ठ पौडेलको १०७औं जन्मजयन्तीका अवसरमा तीन जना स्रष्टालाई सम्मान गरिएको छ ।

भरतपुरमा शुक्रबार आयोजित कार्यक्रममा प्रा. कपिल अज्ञात, डा. केशव चालिसे र विद्या चिरागलाई सम्मान गरिएको हो । प्रा. कपिल अज्ञातलाई पण्डित नीलकण्ठ पौडेल स्मृति राष्ट्रिय प्रतिभा सम्मान, डाक्टर केशवराज चालिसेलाई पण्डित नीलकण्ठ पौडेल स्मृति भाषा साहित्य सम्मान र विद्या भण्डारी चिरागलाई पण्डित नीलकण्ठ पौडेल हस्तकला पञ्चकला स्मृति नारी स्रस्टा सम्मान प्रदान गरिएको गुठीका अध्यक्ष लकाश पौडेलले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि प्राडा चूडामणि बन्धु, विशिष्ट अतिथि गैंडाकोट प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी रहेका थिए । गुठीका उपाध्यक्ष ई बाबुराम ढकालद्वारा स्वागत गरिएको कार्यक्रममा प्रकाश चापागाईं र रमाकान्त सापकोटाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई कवि भूपिनले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट