२०८० चैत १७ गते शनिबारको कायाकैरन दैनिक (ePaper)

नदीजन्य पदार्थ संकलनका कारण संरक्षण कार्य प्रभावित

भरतपुर, १६ चैत । नदीजन्य पदार्थ संकलनका कारण संरक्षण कार्य प्रभावित बनेपछि सहमति संस्थाले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । शुक्रबार जिल्ला समन्वय समिति चितवनमा भएको अन्तरक्रिया कार्यक्रममा संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएको गैँडाकोटस्थित सहमति संस्थाले सरोकारवाला निकायहरुलाई नीति निर्माण गर्दा ध्यान दिन सजग गराएको हो । कार्यक्रममा सरोकारवालाहरुले छलफल समेत गरेका छन् । जिल्ला […]
सौराहाकै पहिलो चारतारे होटल बन्यो आइकावा

सौराहा, १६ चैत सौराहामा रहेको होटल आइकावा इन प्रालिले चारतारे होटलको मान्यता पाएको छ । मान्यता पाएसँगै होटल आइकावा सौराहाकै पहिलो चारतारे होटल बनेको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले रत्ननगर नगरपालिका वडा नम्बर ६ मा रहेको होटल आइकावा इन प्रालिलाई पर्यटन ऐन २०३५ अनुसार चार तारा स्तरको […]
भरतपुरमा तीन जना स्रस्टा सम्मानित

भरतपुर, १६ चैत । पण्डित नीलकण्ठ पौडेलको १०७औं जन्मजयन्तीका अवसरमा तीन जना स्रष्टालाई सम्मान गरिएको छ । भरतपुरमा शुक्रबार आयोजित कार्यक्रममा प्रा. कपिल अज्ञात, डा. केशव चालिसे र विद्या चिरागलाई सम्मान गरिएको हो । प्रा. कपिल अज्ञातलाई पण्डित नीलकण्ठ पौडेल स्मृति राष्ट्रिय प्रतिभा सम्मान, डाक्टर केशवराज चालिसेलाई पण्डित नीलकण्ठ पौडेल स्मृति भाषा साहित्य सम्मान र […]
भरतपुर महानगरले ल्यायो ब्रुमर

भरतपुर, १६ चैत । भरतपुर महानगरपालिकाले सडक सफा गर्ने ब्रुमर ल्याएको छ । महानगरले सडकमा धुलो नउडोस् भन्ने उद्देश्यले ८४ लाख रुपैयाँ लगानीमा ब्रुमर ल्याएको हो । बुधबार सिनोट्रक कम्पनीका प्रतिनिधिले भरतपुर महानगरका प्रमुख तथा उपप्रमुखलाई ब्रुमरको चाबी हस्तान्तरण गरेका छन् । आन्तरिक ब्यबस्थापन तथा खरिद शाखा प्रमुख झलककुमार श्रेष्ठका अनुसार ८४ लाख रुपैयाँमा ब्रुमर […]
बागमती प्रदेश सरकारमा सहभागी भएपछि हानेपामा विवाद

मकवानपुर, १६ चैत । हाम्रो नेपाली पार्टी (हानेपा) मा विवाद देखिएकाे छ । बागमती प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले ३ दलसँग सहमति गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएपछि पार्टीकाे विवाद सतहमा आएकाे हाे । पार्टी अध्यक्ष अनन्तराज घिमिरेले शुक्रबार हेटौँडामा पत्रकार भेटघाट गर्दै पार्टी निर्णय विपरीत बज्राचार्य सरकारमा सहभागी भएको भन्दै कारबाहीको चेतावनी दिए । घिमिरेले […]
मुख्यमन्त्री जम्मकट्टेलले चैत १९ गते विश्वासकाे मत लिने

मकवानपुर, १६ चैत । बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत १९ गते प्रदेश सभामा विश्वासकाे मत लिने भएका छन् । विश्वासकाे मत लिन शुक्रबार प्रदेश सभामा प्रस्ताव दर्ता गरिएकाे छ । नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकाल मुख्यमन्त्रीले चैत १९ गते विश्वासकाे मत लिने गरी प्रस्ताव दर्ता गरेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ […]