मकवानपुर, १६ चैत ।
बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत १९ गते प्रदेश सभामा विश्वासकाे मत लिने भएका छन् । विश्वासकाे मत लिन शुक्रबार प्रदेश सभामा प्रस्ताव दर्ता गरिएकाे छ ।
नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकाल मुख्यमन्त्रीले चैत १९ गते विश्वासकाे मत लिने गरी प्रस्ताव दर्ता गरेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । केन्द्रीय सत्ता समीकरण बदलिएर नेपाली काँग्रेसले जम्कट्टेल सरकारलाई दिएकाे समर्थम फिर्ता लिए पछि गत फागुन २३ गतेबाट उनी अल्पमतमा परेका थिए ।
चैत २२ गते भित्र विश्वासकाे मत नलिए सरकारकाे निरन्तरता नहुने संवैधानिक जटिलताका वावजुद सत्ता गठबन्धन ३ दलले हाम्राे नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई सरकारमा सहभागी गराउन ५ बुँदे सहमति गरी मन्त्री नियुक्त गरी सपथ खुवाएका थिए । १ मतले अल्पमतमा रहेकाे सरकाले विश्वासकाे मत पाउने भएपछि प्रदेश सभामा शुक्रबार ढकाले मुख्यमन्त्रीले विश्वासकाे मत लिने प्रस्ताव दर्ता गराएका हुन् ।
यसैबीच बागमती प्रदेश सरकारलाई पूर्णता दिन तयारी थालिएकाे छ । हानेपाका बज्राचार्य सरकारमा सहभागी भएपछि गठबन्धनकाे बहुमत पुग्ने भएकाेले सरकारलाई पूर्णता दिने तयारी थालिएकाे हाे । एमालेलाई सहभागी गराएर सरकारलाई पूर्णता दिन थालिएकाे हाे ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन एवं कार्य विभाजन गरेका थिए । जम्कट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका छन् ।
बिहीबार विस्तारित मन्त्रिपरिषद अनुसार केन्द्रीय समीकरण अनुसार बनेकाे सत्ता गठवन्धन समर्थित दलका लागि बहुमत पुगेकाले प्रदेश सरकारकाे मुख्यमन्त्रीले सम्हाल्ने गरी ताेकिएका ५ वटै मन्त्रालयहरुमा एमालेले मन्त्री नियुक्तीको तयारी थालेकाे हाे । एमालेका तर्फबाट यसअघि एमाले सहितको गठवन्धन सरकारमा मन्त्री बनेकालेनै मन्त्री पद पाउने संभावना रहेकाे बताइरहँदा मन्त्रीहरुकाे नाम केन्द्रबाट ताेकिने सम्भावना रहेकाे छ । केन्द्रले नाम ताेकेपछि मन्त्री नियुक्तिका लागि मुख्यमन्त्री समक्ष एकै चरण वा दुई चरणमा पार्टीले सिफारिस गर्ने भएकाे हाे ।
नयाँ बनेकाे गठबन्धनमा माओवादी र एकिकृत समाजवादीका तर्फबाट नियुक्ति भएका मन्त्रीहरुले निरन्तरता दिइरहेका छन् भने हाम्रो नेपाली पार्टीका तर्फबाट बर्जाचार्यले प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीका रुपमा पदभार ग्रहण गरेका छन् । आइबारसम्ममा एमालेका तर्फबाट पनि मन्त्री नियुक्तिका लागि नाम आइसक्ने संभावना रहेकाे बताइएको छ । एमालेले बागमती प्रदेशमा पाँच मन्त्रालय दावी गरेको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।





