मकवानपुर, १२ चैत ।
मकवानपुरमा बाघको आक्रमणबाट चारवटा गाईको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–७ मनसाही जरायोटारमा बाघको आक्रमणबाट चार वटा गाईको मृत्यु भएको छ ।
स्थानीय ६५ वर्षीय रुद्रबहादुर रानाको ४ वटा गाई चराउनको लागि मनकामना सामुदायिक वनमा छाडेकोमा बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
शुक्रबार वन क्षेत्रमा चराउन छाडेको गाई घर फर्की नआएपछि खोजी गर्दै जाने क्रममा सोमबार गाई मृत भेटिएको प्रहरीले जनाएको छ । बाघले २ वटा बाघको आधा भाग खाएको अवस्थामा र २ वटा मारेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।





