मकवानपुरमा बाघको आक्रमणबाट ४ वटा गाईको मृत्यु

मकवानपुर, १२ चैत । मकवानपुरमा बाघको आक्रमणबाट चारवटा गाईको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–७ मनसाही जरायोटारमा बाघको आक्रमणबाट चार वटा गाईको मृत्यु भएको छ । स्थानीय ६५ वर्षीय रुद्रबहादुर रानाको ४ वटा गाई चराउनको लागि मनकामना सामुदायिक वनमा छाडेकोमा बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी […]
स्टार्स मन्टेश्वरीका बालबालिकाले मनाए फागु पर्व

भरतपुर, १२ चैत । भरतपुर महानगरपालिका वडा नम्बर ११ मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरीका बालबालिकाले फागुपर्व मनाएका छन् । सानैदेखि संस्कृतिको जगेर्ना गर्दै विकृति हटाउने बानी बसाल्न मन्टेश्वरीले फागु पर्व मनाउने कार्यक्रम आयोजना गरेको हो । मन्टेश्वरीले फरक शैलीमा फागु पर्व मनाएको हो । मन्टेश्वरीका विद्यार्थीले टीका, अबिर लगाएर होली खेल्दै खुसी साटासाट गरेका छन् […]
चिया, कला र कविताको सातौं संस्करण सम्पन्न

भरतपुर, १२ चैत । शब्द र बिम्बहरुको मीठो समिश्रणको साहित्यिक ध्वनिमा कलाकर्मीहरुको अद्भुत कला प्रदर्शनीले थपिदिएको सुगन्धसँगै युथ थिन्कर्स सोसाइटी – चितवनद्वारा आयोजित ‘चिया, कला र कविता’ को सातौं संस्करण २०८० चैत १० गते नारायणी नमुना माध्यमिक विद्यालयमा सम्पन्न भयो । साहित्य विकास, प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले विगत ६ वर्षदेखि यस संस्थाले आयोजना गर्दै […]
मुख्य न्यायाधिवक्ता कार्यालयले मनायो सातौं स्थापना दिवस

मकवानपुर, १२ चैत । बागमती प्रदेशको मुख्य न्यायाधिवक्ता कार्यालयले स्थापना दिवस मनाएको छ । प्रदेश राजधानी मकवानपुरको हेटौंडास्थित मुख्य न्यायाधिवक्ताको कार्यालय परिसरमा सातौं स्थापना दिवस मनाइएको हो । दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख ललित घलानले कार्यालयले दिनुपर्ने सेवा सुविधा परिष्कृत हुँदै जानुपर्ने बताए । मुख्य न्यायाधिवक्ताको संरचनाले संघीयता सुदृढीकरण र प्रदेशको स्थायित्वका […]
दर्शकले सँगै गाए ‘रेलै सलल’

भरतपुर, १२ चैत । नारायणी नदी किनारमा जारी प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा लोक तथा दोहोरी गायक श्याम रानामगरले उधुम मच्चाएका छन् । पछिल्लो समय ‘रेलै सलल’ गीतबाट थप लोकप्रिय बनेका गायक मगरले गीत गाउँदा दर्शकले पनि सँगै गाएर नाचेका थिए । उपस्थित दर्शकको सङ्ख्या देख्दा श्याम रानाको ‘क्रेज’ कति रहेछ भन्ने प्रष्टै देखिन्थ्यो । […]