ज्योति युवा क्लबद्वारा शैक्षिक व्यक्तित्व बुद्धिसागर कँडेल सम्मानित

भरतपुर, १० चैत ।
भरतपुर निवासी शैक्षिक एवम् सामाजिक व्यक्तित्व बुद्धिसागर कँडेल सम्मानित भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर-८ मा रहेको ज्योति युवा क्लबको २३औँ वार्षिक साधारणसभा एवम् विशेष अधिवेशनका क्रममा उत्कृष्ट युवा सम्मान-२०८० बाट उनलाई सम्मान गरेको हो ।

सम्मानित कँडेल सोही क्लबका निवर्तमान अध्यक्ष हुन् । २०५५ सालमा स्थापना भएको यो क्लब सामाजिक एवम् परोपकारका क्षेत्रमा निरन्तर क्रियाशील छ । कँडेल उक्त क्लबमा २०७४ सालदेखि २०७९ सालसम्म लगातार तीन कार्यकाल अध्यक्ष रहेका थिए । उनको कार्यकालमा स्थानीय क्षेत्रको शैक्षिक विकास, चेतना अभिवृद्धि, संस्थागत उन्नयन तथा सामाजिक परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेबापत उनलाई सम्मान गरिएको क्लबका अध्यक्ष उमानन्द कँडेलले बताए ।

प्राध्यापन पेशामा आवद्ध कँडेल प्रेमवस्ती क्याम्पसका प्रमुख हुन् । त्यसैगरी पोलर स्टार आवासीय माविका व्यवस्थापन विभागका प्रमुख हुन् ।

ज्योति युवा क्लबले कँडेलसँगै अन्य व्यक्तिहरूलाई पनि सम्मान गरेको छ । क्लबमा आवद्ध रहेर विभिन्न किसिमले सामाजिक सेवामा योगदान पुर्‍याएका क्लबका पूर्व अध्यक्ष एवम् सदस्य तथा स्थानीयलाई सम्मान गरिएको क्लबका अध्यक्ष कँडेलले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट