नेपाली काङ्ग्रेस चितवनद्वारा नि:शुल्क स्वास्थ्य शिविर

भरतपुर, १० चैत । नेपाली काङ्ग्रेस चितवनको स्वास्थ्य विभागले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ५ सय ८० जनाले सेवा लिएका छन् । चितवनको कालिका नगरपालिका वडा नम्बर ६ मा चैत ९ गतेबाट शुरु भएको नि:शुल्क स्वास्थ्य शिविरमा जिल्लाभरीबाट एक हजार ५ सय ८० जनाले स्वास्थ्य सेवा लिएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले […]

२८ बिगाहाले जित्यो सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिपको उपाधि

भरतपुर, १० चैत । सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको उपाधि २८ बिगाहाले जितेको छ । शनिबार सम्पन्न उपाधि भिडन्तमा आँबुखैरेनीलाई हराउँदै २८ बिगाहा च्याम्पियन बनेको हो ।    फाइनलमा २८ बिगाले आबुखैरेनीलाई २-० ले हरायो । २८ बिगाको जितमा सृजन क्षेत्री र लक्षु थापाले गोल गरे । २८ बिगाले खेलको ५३ औं मिनेटमा सृजनको […]

ज्योति युवा क्लबद्वारा शैक्षिक व्यक्तित्व बुद्धिसागर कँडेल सम्मानित

भरतपुर, १० चैत । भरतपुर निवासी शैक्षिक एवम् सामाजिक व्यक्तित्व बुद्धिसागर कँडेल सम्मानित भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर-८ मा रहेको ज्योति युवा क्लबको २३औँ वार्षिक साधारणसभा एवम् विशेष अधिवेशनका क्रममा उत्कृष्ट युवा सम्मान-२०८० बाट उनलाई सम्मान गरेको हो । सम्मानित कँडेल सोही क्लबका निवर्तमान अध्यक्ष हुन् । २०५५ सालमा स्थापना भएको यो क्लब […]

साहित्य सङ्‍गम मकवानपुरद्वारा ७ जना सम्मानित

मकवानपुर, १० चैत । मकवानपुरकाे अग्रणी साहित्य संस्था साहित्य सङ्‍गम मकवानपुरले एउटै मञ्चमा ७ जनालाई सम्मान गरेको छ । २०८० को लागि सङ्गमद्वारा स्थापित  विभिन्न सम्मान तथा पुरस्कारद्वारा शनिबार उनीहरु सम्मानित भएका हुन् । सङ्गमको ३ सय ४१ औं साहित्य सन्ध्या तथा सम्मान समर्पण कार्यक्रममा प्रमुख अतिथि साहित्यकार निर्मोही ब्यासलगायतले ७ जना सर्जकलाई सम्मानित गरेका हुन् […]

पानी दिवसका अवसरमा देवचुलीमा अभिमुखीकरण कार्यक्रम

देवचुली, १० चैत । विश्व पानी दिवसका अवसरमा देवचुली नगरपालिकामा खानेपानी र सरसफाइ तथा स्वच्छता (वास) योजना निर्माणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) कार्यक्रम कार्यान्वयन गर्न र दिगो विकासको लक्ष्य नम्बर ६ लाई पूरा गर्नका लागि शुक्रबार नगरपालिकाको सभाहलमा कार्यक्रम गरिएको हो । देवचुली नगरपालिकाका नगर प्रमुख […]

देवचुली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ चयन

देवचुली, १० चैत । देवचुली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ चयन भएका छन् । देवचुली नगरपालिकामा रहेका हार्डवेयर व्यवसायीहरुको भेलाले देवचुली हार्डवेयर व्यवसायी संघ गठन गर्ने निर्णय गरेको हो । समितिको उपाध्यक्षमा बद्री कोइराला, सचिवमा टंकप्रसाद न्यौपाने, उपसचिवमा सन्तोष अर्याल, कोषाध्यक्षमा विष्णु पाण्डे चयन भएका छन् । साथै संघको सदस्यमा सम्पूर्ण हार्डवेयर व्यवसायी रहने […]

लायन्स क्लब अफ बागेश्वरी डाइनामिक गैंडाकोटको अध्यक्षमा रोशन मल्ल चयन

गैंडाकोट, १० चैत । लायन्स क्लब अफ बागेश्वरी डाइनामिक गैंडाकोटले नयाँ नेतृत्व पाएको छ । मौलाकालिका मन्दिरको सभा हलमा लायन तुलसीप्रसाद सापकोटाको अध्यक्षतामा शुक्रबार सम्पन्न चौथो  अधिवेशनले लायन रोसन मल्ललाई अध्यक्ष पदमा चयन गरेको छ । वर्ष २०२४/२५ का लागि निर्विरोध बनेको कार्यसमितिमा प्रथम उपाध्यक्ष लायन रामकृष्ण कोईराला, द्वितीय उपाध्यक्ष लायन शिव पौडेल, तृतीय उपाध्यक्ष […]