देवचुली, १० चैत ।
देवचुली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ चयन भएका छन् । देवचुली नगरपालिकामा रहेका हार्डवेयर व्यवसायीहरुको भेलाले देवचुली हार्डवेयर व्यवसायी संघ गठन गर्ने निर्णय गरेको हो ।
समितिको उपाध्यक्षमा बद्री कोइराला, सचिवमा टंकप्रसाद न्यौपाने, उपसचिवमा सन्तोष अर्याल, कोषाध्यक्षमा विष्णु पाण्डे चयन भएका छन् । साथै संघको सदस्यमा सम्पूर्ण हार्डवेयर व्यवसायी रहने जनाइएको छ ।
हार्डवेयर व्यवसायीहरुलाई संघमा संगठित गरि व्यवसायीहरुको हकहितमा काम गर्ने देवचुली हार्डवेयर व्यवसायी संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।





