राजन पौडेलको मुक्तकसङ्ग्रह `अनिदो मन´ सोमबार विमोचन

भरतपुर, ३ चैत ।
चितवनका स्रस्टा राजनबिफल पौडेलको नयाँ पुस्तक `अनिदो मन´ प्रकाशन भएको छ । २३० वटा मुक्तकहरूको सङ्ग्रह अनिदो मन आगामी सोमबार गैंडाकोटमा विमोचन हुँदैछ । सम्पूर्ण किताब नारायणगढले पुस्तक वितरणको जिम्मेवारी लिएको छ ।

स्रस्टा पौडेल भरतपुर- ८ गौरीगञ्जका स्थायी बासिन्दा हुन् । उनी पछिल्लोसमय क्यानडामा बसोबास गर्दै आएका छन् ।

प्रेमवस्ती मावि भरतपुर-७ बाट २०४७ सालमा एसएलसी पास गरेका पौडेल विद्यालयकालबाटै कविता लेखनमा लागेका थिए । पौडेलले पक्लिहवा क्याम्पस रुपन्देहीबाट कृषिमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेका हुन् । त्यसपछि रामपुर क्याम्पसबाट कृषिमा स्नातक तथा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरबाटै स्नातकोत्तर गरेका हुन् ।

सिटिइभिटी अन्तर्गत दिपायल, धनकुटा र चितवनमा करिब १५ वर्ष जागिर गरेका पौडेल पछिल्लो ४ वर्षदेखि परिवारसहित क्यानडमा छन् ।

नेपाल रहँदा चितवनसहित देशका विभिन्न ठाउँको साहित्यिक गतिविधिमा सक्रिय पौडेलले विशेषगरी मुक्तक, कविता र गजल लेख्ने गरेका थिए । पौडेलका यसअघि `गजलपथका यात्रीहरू´ र `गजल बिम्ब´ गरी २ वटा संयुक्त गजलसङ्ग्रह तथा `आधारभूत मत्स्यपालन´ र सहलेखनका रूपमा `कार्प, सिद्रा माछा, तरकारीको एकीकृत पालन प्रविधि´ गरी ४ वटा कृति प्रकाशित छन् । ५० को दशकमा पौडेलका सिर्जना रेडियो नेपाल, एफएम रेडियो तथा राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा प्रशारण, प्रकाशन हुन्थे ।

पौडेलको पाँचौँ कृति अनिदो रात १२६ पृष्ठमा छ । बाक्लो गातामा प्रकाशन गरिएको पुस्तकको मूल्य ४०० रुपैयाँ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट