गजल मञ्च मकवानपुरद्वारा हेटौँडामा गजल उत्सव

मकवानपुर, ३ चैत । गजल मञ्च मकवानपुरले हेटौँडा गजल उत्सव सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रममा १४ गजलकारहरूबाट गजल प्रस्तुत भयो । गजल मञ्च मकवानपुरको २१२औँ नियमित सन्ध्याका क्रममा श्याम बानियाँ, विश्वनाथ सञ्जेल, यश लामा, सानु खनाल, धर्मराज स्याङ्तान, सुबास सजल, भवानी तिमल्सिनाले आ-आफ्नो गजल वाचन गर्नुभयो भने अजर फुयाँलले ‘फर्क अभियान’ अन्तर्गतको गजल […]
राजन पौडेलको मुक्तकसङ्ग्रह `अनिदो मन´ सोमबार विमोचन

भरतपुर, ३ चैत । चितवनका स्रस्टा राजनबिफल पौडेलको नयाँ पुस्तक `अनिदो मन´ प्रकाशन भएको छ । २३० वटा मुक्तकहरूको सङ्ग्रह अनिदो मन आगामी सोमबार गैंडाकोटमा विमोचन हुँदैछ । सम्पूर्ण किताब नारायणगढले पुस्तक वितरणको जिम्मेवारी लिएको छ । स्रस्टा पौडेल भरतपुर- ८ गौरीगञ्जका स्थायी बासिन्दा हुन् । उनी पछिल्लोसमय क्यानडामा बसोबास गर्दै आएका छन् । प्रेमवस्ती […]
गाउँका कवि गणेशको कविता वाचन र विमर्श

भरतपुर, ३ चैत । कवि गणेश श्रमणको कवितासङ्ग्रह `आगो लिएर गाउँगाउँमा´को चर्चा छ हिजोआज । भरतपुर महानगर निवासी कवि गणेश भरतपुरको मुख्य बजारभन्दा थोरै दक्षिणतर्फ गाउँमा बस्छन् । गाउँमा बस्ने कवि गणेशको उक्त कवितासङ्ग्रहलाई मुख्य भरतपुरको पूर्वतर्फ भोजाड गाउँमा लगेर विमर्श गरिएको छ । `म गाउँमै जन्मिएँ, गाउँमै हुर्किएँ, म गाउँमा बस्छु । मलाई गाउँ […]
सहिद शिवप्रसाद पौडेल राष्ट्रिय स्मृति पुरस्कारबाट लेखक लामा सम्मानित

भरतपुर, २९ फागुन । साहित्य सङ्गम चितवनबाट प्रदान गरिने सहिद शिवप्रसाद पौडेल राष्ट्रिय स्मृति पुरस्कार `दलदल´ उपन्यासका लेखक हिरा लामालाई दिइएको छ । शनिबार वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा आयोजित कार्यक्रममा स्रस्टा लामालाई उक्त पुरस्कारले सम्मान गरिएको हो । साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं, कविडाँडा साहित्य समाज चितवनका उपाध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि उदय अधिकारी […]
अङ्कुरम् एकेडेमीमा मनाइयो ‘पाइ डे’

भरतपुर, ३ चैत । अङ्कुरम् एकेडेमीमा कक्षा ९ का विद्यार्थीहरुले १४ मार्च अर्थात् अन्तर्राष्ट्रिय पाइ दिवस (International Pi-Day) उल्लासमय वातावरणमा सम्पन्न गरेका छन् । गणित विषय विभागको संयोजकत्वमा सम्पन्न पाइ डेमा विद्यार्थीहरुले गणित विषयसँग सम्बन्धित विभिन्न क्रियाकलापहरु गरेका थिए । सोही क्रममा कक्षा ९ की छात्रा जोएल केसीले बिहानी सभामा ‘पाइ’को महत्व बारेमा बोलेकी थिइन् […]
भीमसेन मावि आइएसओ सर्टिफाइड प्राप्त गर्ने नेपालकै पहिलो सामुदायिक विद्यालय

देवचुली, ३ चैत । देवचुली नगरपालिकामा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ सर्टिफाइड लोगो पाएको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरि वी एडभान्सी सर्टिफिकेसन युकेमार्फत प्राप्त आइएसओ ९००१:२०१५ सर्टिफाइड लोगो हस्तान्तरण गरिएको हो । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले विद्यालयलाई लोगो हस्तान्तरण गर्नुभएको हो । विद्यालयको शैक्षिक व्यवस्थापन, आर्थिक पारदर्शिता, […]