सहिद शिवप्रसाद पौडेल राष्ट्रिय स्मृति पुरस्कारबाट लेखक लामा सम्मानित

भरतपुर, २९ फागुन ।
साहित्य सङ्गम चितवनबाट प्रदान गरिने सहिद शिवप्रसाद पौडेल राष्ट्रिय स्मृति पुरस्कार `दलदल´ उपन्यासका लेखक हिरा लामालाई दिइएको छ । शनिबार वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा आयोजित कार्यक्रममा स्रस्टा लामालाई उक्त पुरस्कारले सम्मान गरिएको हो ।

साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं, कविडाँडा साहित्य समाज चितवनका उपाध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि उदय अधिकारी र भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले स्रस्टा लामालाई सम्मान गरेका हुन् । पुरस्कारको राशी १८ हजार रुपैयाँ छ ।

वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा पढ्दै गर्दा विद्यार्थीहरूको आक्रमणमा परी मारिएका विद्यार्थी नेता शिवप्रसाद पौडेलको स्मृतिमा उनका परिवारले यो पुरस्कार स्थापना गरेका हुन् ।

इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको उपन्यास `दलदल´ साहित्यकार लामाको पहिलो उपन्यास हो । प्रेम, गरिबी र राजनीतिलाई मुख्य विषयवस्तु बनाइएको यस उपन्यास युवापुस्ता प्रति लक्षित रहेको छ । चितवनको भरतपुर र यस वरपरको परिवेशलाई केन्द्रित गरेर उपन्यास तयार गरिएको छ । यसमा वैदेशिक रोजगारीको बाध्यात्मक परिस्थिति र माओवादी द्वन्द्वलाई चित्रण गरिएको छ । सोही कार्यक्रममा सम्मानित स्रस्टा र कृतिका बारेमा विष्णुप्रसाद सापकोटाले समीक्षात्मक टिप्पणी राखेका थिए भने इन्द्र रेग्मीले सहिद शिवप्रसाद पौडेलको योगदान र व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

बारा जिल्लाको डुमरवानाबाट विद्यालय शिक्षा सुरु गरेका उपन्यासकार लामा विद्यालयदेखि नै साहित्यिक पत्रिकाहरु मधुपर्क र गरिमा अध्ययन गर्ने बानीले साहित्य लेखनमा प्रवेश गरेका हुन् ।

चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसबाट बीएस्सी र अर्थशास्त्रमा एमए गरेका उनी हाल पर्वत जिल्लाको पातीचौरस्थित एक विद्यालयमा अध्यापन गर्छन् । भरतपुर प्रेमबस्तीका स्थायी बासिन्दा हिरा लामाको यसअघि २०६२ सालमा लघुकथासङ्ग्रह ‘बाज र परेवा’ र २०६७ सालमा ‘जेब्रा र हुँडारहरु’ कथासङ्ग्रह प्रकाशित भइसकेका छन् । लेखक लामा कला र अभिनयमा पनि विशेष रुचि राख्छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट