मेयर दाहालले गरिन् डिप बोरिङ र स्यालो ट्युबवेलको उद्घाटन

भरतपुर, १० फागुन ।

भरतपुर महानगरपालिका वडा नम्बर १७ मा एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन गरिएको छ । बिहीबार

एक कार्यक्रमबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले डिप बोरिङ र स्यालो ट्युबवेलको उद्घाटन गरेकी हुन् ।

भरतपुर महानगरपालिकामा भूमिगत सिँचाई कार्यालयबाट ५० वटा डिप ट्युबवेल, ३३० वटा स्यालो ट्युबवेल र महानगरपालिकाबाट ७०० भन्दाबढी स्यालो ट्युबवेल हाल्ने काम भइसकेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले सिँचाईको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको उल्लेख गरिन् ।

भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाईले कृषकको मुहारमा खुसी आएको महसुस गरेको प्रमुख दाहालले बताइन् । ‘पहिलाको सुख्खाग्रस्त ठाउँमा हाराभरा भएका छन्’, उनले भनिन्, ‘एक बाली हुने ठाउँमा ४ बाली हुन थालेको छ । अहिले कृषकहरु खुसी भएको पाएका छु । १२ महिना भरतपुरलाई सिंचित गर्ने गरी महानगरले काम पनि गरिरहेको छ।’

भरतपुरमा भूमिगत सिँचाई, नारायणी लिफ्ट सिँचाई र केरुङगा घोल सिँचाई परियोजना एकसाथ सञ्चालनमा आउँदा यहाँका जमिनमा १२ महिना प्रशस्त सिँचाई गर्न सकिने प्रमुख दाहालले बताइन् । सिँचाईको अभावमा पहिला बाँझा रहने पश्चिम चितवनका खेतहरु अहिले सिँचाईका कारण धान, मकै, गहुँबाहेक तोरी, तरकारी र अन्य बेमौसमी खेतीहरु उत्पादन हुने क्रम सुरु भएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै भूमिगत सिँचाई आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले भूमिगत सिँचाईका कारण भरतपुरको कृषि उत्पादनमा वृद्धि भई कृषकले मनग्य आम्दानी गर्न सफल भएको जानकारी दिए । सिँचाईको उपभोग गरी वर्षिक ६ लाख रुपैयाँको मकै बिक्री गरेर मनग्य आम्दानी गर्ने पश्चिम चितवनका कृषकले रिर्पोटिङ गरेको सो अवसरमा प्रमुख स्याङ्बोले बताए ।

भरतपुरमा प्राकृतिक रुपमा मात्र सिँचाई गरी बाली लगाउने अवस्थाको भने अन्त्य भएको उनको तर्क थियो ।
भरतपुर १७ का कृषक सन्त चौधरीले धान, मकै, गहुँ उत्पादन हुदै आएको खेतीमा अब भने तरकारी खेती पनि हुने भएकाले उत्साहित भएको बताए ।

भरतपुरमा भएका ट्युबवेलले कुल ६१२० बिघा क्षेत्रफलमा सिँचाईका सुविधा प्राप्त गरेका छन् । यो बाहेक नारायणी लिफ्ट सिँचाई आयोजना र केरुङ्गा जल सिँचाई आयोजनामार्फत भरतपुरका कृषकले सिँचाई सुविधा लिइरहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट