जन्मोत्सवमा विद्यार्थीहरूलाई पुस्तक उपहार

भरतपुर, १० फागुन । विद्यार्थीहरूमा पढ्ने बानीको संस्कार बसाल्न सम्पूर्ण किताब नारायणगढले विभिन्न अभियान गरिरहेको छ । पुस्तक वितरण, विमर्श, समीक्षा एवम् छलफललगायतका कार्यक्रम अभियानका उदाहरण हुन् । यसैक्रममा बिहीबार भरतपुर र गैंडाकोटका दुई वटा सामुदायिक विद्यालयमा विद्यार्थीलाई पढ्ने सामग्री वितरण गरिएको छ । गोरखापत्र संस्थानबाट प्रकाशित बालपत्रिका मुना मासिक र माध्यमिक तहका विद्यार्थीका लागि […]

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त

काठमाडौँ, १० फागुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको प्रधानमन्त्रीका निजी सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर […]

जिब्रोको स्वाद र मोटोपनको समस्या

डा. अरुणा उप्रेती दुई वर्षअघि एक पत्रकार साथीलाई भेट्दा मैले भनेको थिएँ, “तपाईं निकै मोटाउनुभएको छ, भुँडी पनि निकै बढेको छ, यसले त स्वास्थ्यलाई खतरा हुन्छ है ।” उनले त्यो बेला भनेका थिए, “तौल घटाउन कोशिस गर्दैछु ।” केही दिनअघि उनीसँग पुनः जम्काभेट भयो । उनको अगाडि आएको ठूलो भुँडी त स्याप्पै घटेछ, उनको उमेर […]

मेयर दाहालले गरिन् डिप बोरिङ र स्यालो ट्युबवेलको उद्घाटन

भरतपुर, १० फागुन । भरतपुर महानगरपालिका वडा नम्बर १७ मा एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले डिप बोरिङ र स्यालो ट्युबवेलको उद्घाटन गरेकी हुन् । भरतपुर महानगरपालिकामा भूमिगत सिँचाई कार्यालयबाट ५० वटा डिप ट्युबवेल, ३३० वटा स्यालो ट्युबवेल […]

नारायणगढ–मुग्लिङ सडक फागुन १३ गतेदेखि बन्द नहुने

चितवन, १० फागुन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिङ सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ गते सकिँदैछ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो । नागढुङ्गा–मुग्लिङ सडक […]

गुरुकुलमा ‘लिन स्टार्टअप्स र बिजनेस मोडल क्यानभाष’ कार्यक्रम सम्पन्न

भरतपुर, १० फागुन । गुरुकुल माविले व्यवस्थापन सङ्कायका कक्षा १२ का १३७ जना विद्यार्थीलाई उद्यमशील सोच विकास गर्ने उद्देश्यका साथ ‘लिन स्टार्टअप्स र बिजनेस मोडल क्यानभाष’ शीर्षकमा कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीहरुलाई किताबी ज्ञान सँगैसँगै प्रयोगात्मक सिप सिकाउनका लागि सो कार्यक्रम आयोजना गरिएको गुरुकुल माविका व्यवस्थापन सङ्कायका कार्यक्रम संयोजक सुशील रेग्मीले जानकारी दिए । […]