ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका मीनबहादुरसहित १२ जना दोषी ठहर

काठमाडौं, ३ फागुन ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालिन सचिव दीप बस्न्यात र छविराज पन्त दोषी ठहर भएका छन् ।

विशेष अदालतले पन्त र बस्न्यातसँगै प्रेमबहादुर खापुङ, अजुन खतिवडा, शंकर सुवेदी, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमिल्सिना, परशुराम पोखरेल, कृष्ण पौडेल, टंक भट्टलाई पनि दोषी ठहर गरेको छ ।

उनीहरुलाई २ वर्ष कैद सजाय सुनाइएको छ । उनीहरुबाट दामासाहीमा ९ करोड ६५ लाख रुपैयाँ विगो जफत हुने विशेष अदालतले फैसलामा उल्लेख गरेको छ ।

प्रधानमन्त्री निवासको जग्गा विस्तार गर्दा सचिवको हैसियतले सरकारी जग्गा मोहीलाई सट्टाभर्ना गर्ने भनी गरेको निर्णय र प्रस्ताव तयार गरेकोमा बस्न्यात र पन्त दोषी ठहर भएका हुन् ।

ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पनि दोषी ठहर भएका छन् ।

विशेष अदालतले गुरुङलाई सरकारी जग्गा आफ्नो नाममा गराएकोमा दोषी ठहर गरेको हो ।

अदालतले उनलाई २ वर्ष कैद तथा ८० लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा निर्णय प्रक्रियामा सामेल भएका तत्कालिन मन्त्रीहरुलाई सफाइ दिएको छ ।

अदालतले तत्कालिन मन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बरकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।

विशेष अदालतले निर्णय प्रक्रियामा मन्त्रीपरिषदका कुनै एकजनाको मात्रै संलग्नता नहुने भन्दै आरोपमा दाबी पुग्न नसकेको ठहर गरेको हो ।

विशेष अदालतले पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुछिएका तत्कालिन सचिव दिनेशहरि अधिकारीलाई पनि आरोपबाट सफाइ दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट