गुरुकुलका विद्यार्थीमाझ कवि चापागाईंको कविता वाचन

भरतपुर, ३ फागुन । भरतपुरस्थित गुरुकुल स्कुलले कवि प्रकाश चापागाईंलाई विद्यालयमा निम्त्याएर कविता वाचन गराएको छ । विद्यालयको अतिरिक्त कार्यक्रम अन्तर्गत पाहुना कविलाई निम्त्याएर कविता वाचन राखिएको व्यवस्थापन सङ्काय दिवासत्र प्रमुख सुशील रेग्मीले बताए । कवि चापागाईंले कक्षा ११ का विद्यार्थीको उपस्थिति माझ कविता वाचन गरेका हुन् । चापागाईंले हालै प्रकाशित `कमिलाको प्वाँख´ कवितासङ्ग्रह भित्रबाट […]

ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका मीनबहादुरसहित १२ जना दोषी ठहर

काठमाडौं, ३ फागुन । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालिन सचिव दीप बस्न्यात र छविराज पन्त दोषी ठहर भएका छन् । विशेष अदालतले पन्त र बस्न्यातसँगै प्रेमबहादुर खापुङ, अजुन खतिवडा, शंकर सुवेदी, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमिल्सिना, परशुराम पोखरेल, कृष्ण पौडेल, टंक भट्टलाई पनि दोषी ठहर गरेको छ । उनीहरुलाई २ वर्ष कैद सजाय […]

ललिता निवास प्रकरणमा १२ जना दोषी ठहर

काठमाडौँ, ३ फागुन । विशेष अदालतले ललिता निवास र त्यसले चर्चेको करिब १ सय ३६ रोपनी जग्गा नेपाल सरकारका नाममा कायम हुने गरी फैसला गरेको छ । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सरकारले पञ्चायतकालमा मुआब्जा दिएर अधीग्रहण गरेको सबै जग्गा नेपाल सरकारका नाममा हुनेगरी फैसला गरेको हो । विशेष […]

पञ्चशील महाबौद्ध गुम्बामा शनिबारदेखि त्रिपिटक पाठ

भरतपुर, ३ फागुन पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा शनिबारदेखि एक हप्तासम्म त्रिपिटक (कंग्युर) पाठ र धार्मिक प्रवचन हुने भएको छ । धार्मिक अनुष्ठानको आयोजक पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिले बिहीबार गुम्बा परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी त्रिपिटक पाठ एवं धार्मिक प्रवचनबारे जानकारी गराएको हो । आयोजक मूल समितिका संयोजक सन्तलाल गुरुङले प्राणीहरुको कल्याण र विश्वशान्तिका लागि […]

तिमी हुनु (कविता)

निस्सार नदिका फाँटहरुमा एक ढुङ्गो हराएछ कतै छालले लुकाएर जतन गरेको रहेछ, लुकाउनु त माया पो हुँदोरहेछ । साइकलको पाइडलमा एकजोर खुट्टाहरु खटिएका छन् जति दुर जति विपरीत होस् तिनीहरूको काम त एकै हो सँगै हिँडिरहन्छन् चाहेर पनि नचाहेर पनि । यो पृथ्वी एक्लो हुन्छ भनेर प्रिय चाँदनी बनाएको छ सृष्टिले यसरी एक्लै बाँच्न त […]

सम्झनामा बलराम पौडेल

बलराम पौडेलको जन्म २०१४ साल असार १४ गते मङ्गलबारका दिन तनहुँ जिल्लाको रूपाकोट गाउँ पञ्चायत वडा नं. ४, तिलहार (हालः भानु नगरपालिका–११) मा माता भागिरथी पौडेल र पिता द्वारिकानाथ पौडेलका छैटौँ सन्तानका रूपमा भएको थियो । उनको एस.एल.सी.सम्मको शिक्षा गाउँकै त्रिभुवन माध्यमिक विद्यालय, मानेचौरमा भएको थियो । उनले चितवन आई दिदी–भिनाजु (लक्ष्मीदेवी खनाल तथा वामदेव […]

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी- २०८०’ हुने

काठमाडौँ, ३ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ । नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहल काठमाडौँमा यही फागुन ५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले […]

कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तु, ३ फागुन । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ मा बिहीबार बिहान भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखत हुन सकेको छैन । राजमार्गको […]