कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तु, ३ फागुन ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ मा बिहीबार बिहान भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मृतकको सनाखत हुन सकेको छैन । राजमार्गको सुरही पुलनजिकै बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरबाट काठमाडौं आउँदै गरेको रात्रीबस तीव्र गतिका कारण सडकबाट तल खसेको प्रहरीको अनुमान छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट