मकवानपुर, २२ माघ ।
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ चाइरङडाँडामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाटुर्डुङ्ग बस्ने ५० वर्षीय आइतराम चेपाङ रहेका छन् ।
आइतबार चेपाङ कालिकाटार बजारबाट घरतर्फ फर्कने क्रममा गोरेटो बाटोबाट २०० सय मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । घटनाको जानकारी पाएपछि सोमबार प्रहरीको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याईएको छ ।





